१५ श्रावण २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीलाई काँग्रेस सांसदको सुझाव– ‘शपथ समारोहको शंख ध्वनीले अल्पसंख्यक र बहुसंख्यक समुदायमा परेको मानसिक असर… अदालती रिपोर्टिङ विशिष्टीकृत र व्यावसायिक हुनुपर्छः न्यायाधीश फुयाँल कृष्णप्रसाद सिटौलाको प्रश्न– ‘प्रधानमन्त्री किन संसद छलेर पर्दाभित्रबाट शासन चलाउँदै हुनुहुन्छ ?’ जिएएमएमए एसियन च्याम्पियनसिपमा नेपाली खेलाडीको सफलता, तीन पदक जिते सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल, विकास आयोजनाको सुरक्षा गर्न सरकारसँग आग्रह सङ्घीयता विरोधी सपनामा पनि नसोच्नुहोस्ः प्रधानमन्त्री शाह सुनसरी र मधेसका घटनामा सरकार जिम्मेवार छः सांसद बिष्ट प्रधानमन्त्री शाहसँग मधेस केन्द्रित दलका नेताको छलफल : समस्या समाधानमा सक्रिय हुन आग्रह तराई–मधेशको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाहको सांसदहरूसँग छलफल सुरु सुनसरी लगायतका जिल्लामा उत्पन्न धार्मिक तनाव तत्काल समाधान गर्न सांसद ढुंगानाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश



अ+ अ-

काठमाडौँ।सर्वोच्च अदालतले धनुषा–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार किशोरी साह कमलको नाम कालोसूचीमा राख्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले आज साहको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै तत्काल कालोसूचीमा राख्न निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “कर्जा सूचना केन्द्र लिमिटेड पत्रबाट देखिएका सन्दर्भमा रिट निवेदकलाई कालोसूचीमा राख्ने गरी भएको निर्णयको औचित्य पनि नहुने भएकाले प्रस्तुत निवेदनको अन्तिम टुङ्गो लाग्दा ठहरेबमोजिम हुने नै हुँदा हाल निवेदकलाई कालोसूचीमा राख्ने गरी भएको निर्णय, सो कामकारबाही कार्यान्वयन नगर्नु, नगराउनु ।”

साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम परेको उल्लेख गर्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज हुने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।




भर्खरै