७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल

सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल
अ+ अ-

काठमाडौँ। नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले कर्जा विस्तार गर्नुहुँदैन भन्ने भाष्य निर्माण हुँदा मुलुकको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको बताउनुभएको छ ।

बिहीवार राजधानीमा नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित सार्वजनिक ऋणः परिमाणा, परिचालन, उत्पादकत्व र भावी रणनीति विषयक संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पछिल्ला तीन–चार वर्षयता कर्जा विस्तार ६–७ प्रतिशतभन्दा माथि जान नसक्नु मुलुकको अर्थतन्त्रका लागि चिन्ताको विषय भएको बताउनु भयो ।

उहाँले नेपालमा सार्वजनिक ऋणलाई लिएर अनावश्यक नकारात्मक धारणा बनाइएको टिप्पणी गर्दै कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिव ४५ प्रतिशत बराबर रहेको सार्वजनिक ऋण अन्तर्राष्ट्रिय मापदण्डअनुसार धेरै नभएको बताउनु भयो ।

उहाँले नेपालको अधिकांश वैदेशिक ऋण शुन्य दशमलव ७५ प्रतिशतदेखि १ दशमलव ५ प्रतिशतसम्मको न्यून ब्याजदर र लामो भुक्तानी अवधिसहित लिइएको भन्दै डराइहाल्नुपर्ने अवस्था नभएको नेपालको भनाइ छ ।

उहाँले अर्थराजनीतिक निर्णयहरूले अर्थतन्त्रलाई ‘ट्र्याप’मा पारिरहेको दाबी पनि गर्नुभयो । आर्थिक वृद्धि सुस्त हुनु र पुँजीगत खर्च प्रभावकारी रूपमा हुन नसक्नु मुलुकका लागि मुख्य चुनौती भएको उहाँको भनाइ छ । पूर्वगभर्नर नेपालले वित्तीय स्थायित्व कायम राख्नु नेपाल राष्ट्र बैंकको प्राथमिक जिम्मेवारी भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ ऋणबारे नेपालमा यस्तो भाष्य निर्माण भएको छ कि कर्जा विस्तार गर्नु नै हुँदैन । यो भाष्य यसरि विकसित भयो कि पछिल्लो तीन, चार वर्षदेखि ६–७ प्रतिशतभन्दा बढी कर्जा विस्तार हुन नै सक्या छैन । अनि हामी भन्छौँ लौ ऋण बढी भयो । खासमा अर्थराजनीतिले अर्थतन्त्रलाई ट्र्यापमा पारिरहेको छ । अहिले हेर्दा नेपालको जुन ४५ पर्सेन्ट टोटल जीडीपीको ऋण भएपनि अत्यन्त न्यून ब्याजदरमा र लामो म्याचुरिटी पिरियडसम्मको छ । शून्य दशमलव ७५ प्रतिशतदेखि १ दशमलव ५ प्रतिशतसम्मको ब्याजदरमा दिइरहेको अवस्था छ । आईएमएफको त जिरो इन्ट्रेस्ट रेटमै दिइरहेको हुन्छ । एडीबीको अलिकति बढी भनेको २ प्रतिशत जति होला । एक्जिम बैंकबाट ल्याएको ऋण लिएर पोखरामा एयरपोर्ट बनाएको भए कति पाइन्थ्यो भन्ने अझै क्लियर भएको छैन । अमेरिकाको ३८ ट्रिलियन ऋण छ । हाम्रो अर्थतन्त्रको ग्रोथ भएको छैन । अब क्यापिटल एक्सपेन्डिचर भएको छैन । वित्तीय स्थायित्वलाई नै अब केन्द्रिय बैंकले ध्यान दिने हो । तर लङ टर्मको लागि हेर्दाखेरि अब छिमेकी राष्ट्र श्रीलंकाको बारेमा त्यत्रो इस्युज आइरहेको छ सतर्क त हुनुप¥यो ।’

उहाँले श्रीलंकामा देखिएको आर्थिक संकटबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने  धारणा राख्नुभयो । –न्युज एजेन्सी नेपाल