१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोसपा कार्यालयमा शान्तिपूर्ण धर्ना (भिडियो सहित)



अ+ अ-

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषा जिल्लाका नेता तथा कार्यकर्ताहरुले लोसपाको केन्द्रिय पार्टी कार्यालयमा धर्ना दिएका छन् । सोमवार लोसपाको केन्द्रिय पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरुले पार्टीका अध्यक्ष महन्थ ठाकुरले मनोमानी ढंगले प्रदेश र जिल्लाहरुमा पदाधिकारी चयन गरेको भन्दै शान्तिपूर्ण धर्ना दिएका हुन् ।

धर्ना कार्यक्रममा उपस्थित लोसपा कार्यकर्ता बिन्दु ठाकुरले अध्यक्षले गरेको निर्णय स्वीकार्य हुन नसक्ने भन्दै निर्णयलाई सच्याउन जोड दिनुभयो । उहाँले एक ब्यक्ति एक पदको कुरा पार्टीमा लागू गरेर पार्टीलाई सबल बनाउनुपर्ने माग रहेको बताउनुभयो ।

ठाकुरले भन्नुभयो, ‘हाम्रो अध्यक्षज्यूबाट जुन खालका निर्णय भयो । जस्तै प्रदेश अध्यक्षमा र जिल्ला अध्यक्ष । प्रदेश सचिव, जिल्लाको पर्यवेक्षक तथा अन्य मनोनित पदमा हाम्रै साथीहरुलाई नियुक्ति गर्नुभएको छ । हाम्रो निर्णयप्रति आपत्ति हो । धेरै साथीहरु उहाँको निर्णयबाट असन्तुष्ट हुनुहुन्छ । निर्णयलाई सच्याउनुस् । वान म्यान वान पोष्टको कुरा पार्टीमा लागू गरेर पार्टीलाई सबल बनाउने खालका निर्णयहरु गर्नुस् । पार्टीमा मनोमानी किसिमले मनोनित गर्न मिल्दैन ।’

उहाँले पार्टी अध्यक्ष ठाकुरले अहिलेको युगमा एकल निर्णय अलोकतान्त्रिक मानिने भएकोले पार्टीभित्र लोकतन्त्रको मूल्य मान्यता हुनुपर्नेमा जोड दिनुभयो ।