१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई प्रधानमन्त्री शाहको आग्रह : ‘आफ्नो ज्ञान, सीप र अनुभव मुलुकको विकासमा प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु

‘मतदान केन्द्र अपाङ्गमैत्री बनाउनुपर्ने माग’

‘मतदान केन्द्र अपाङ्गमैत्री बनाउनुपर्ने माग’
अ अ+ अ-

दाङ। मतदान केन्द्रहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका मतदाताहरूलाई निकै समस्या हुने गरेको छ ।

विगतका मतदानहरूमा पनि निकै समस्या भोग्नुपरेको भन्दै आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा मतदान केन्द्रहरू अपाङ्गमैत्री हुनुपर्ने राप्ती बहिरा सङ्घ दाङका अध्यक्ष अजय शर्माले बताउनुभयो । टेबलहरू अग्ला हुँदा होचा व्यक्तिहरूले मदतान गर्न नै गाह्रो हुने अवस्था रहेको उहाँको भनाइ थियो ।

त्यस्तै मदतान केन्द्रहरूमा दोभासे नहुँदा आफूहरूलाई बुझ्न पनि गाह्रो हुने गरेकोसमेत उहाँको भनाइ थियो । “होचा व्यक्तिलाई अग्ला टेबलमा पुग्न पनि गाह्रो हुने हुन्छ, त्यसले गर्दा एकातिरभन्दा अर्कोतिर भोट जाने अवस्था हुन्छ”, उहाँले भन्नुभयो, “यस्ता कुराले होचा व्यक्तिलाई गाह्रो हुन्छ ।”

अपाङ्गता भएका व्यक्तिहरू सहजै मतदान केन्द्रमा जान पनि नसक्ने अवस्था रहेको भन्दै यसलाई पनि ध्यानमा राख्नुपर्ने उहाँको भनाइ छ । सबै मतदान केन्द्रहरूमा यस्तो कुरालाई ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

अपाङ्गता भएका व्यक्तिलाई भोट बैंक बनाउने तर, अपाङ्गमैत्री मतदान केन्द्र नबनाउँदा समस्या हुने गरेको उहाँको भनाइ छ । त्यस्तै दृष्टिविहीन शिक्षक रामबहादुर खड्काले पनि निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूलाई विभेद गर्ने गरेको बताउनुभयो ।

उहाँले आफू सरकारी शिक्षक भए पनि निर्वाचनको कामकाजमा नखटाउने गरेको गुनासो गर्नुभयो । “गत वर्ष एक जना शिक्षकलाई निर्वाचनको कामका लागि छनोट गरेको भए पनि काम गर्न नसक्ने भन्दै फर्काएकोसमेत उहाँले गुनासो गर्नुभयो । रासस