१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट

राईको ‘पल्टनेको फोटो’ माथि विमर्श

राईको ‘पल्टनेको फोटो’ माथि विमर्श
अ अ+ अ-

काठमाडौं । डायास्पोरा साहित्यकार रक्ष राईको कथासंग्रह ‘पल्टनेको फोटो’ माथि अन्तरविमर्श गरिएको छ । नेपाली वाङ्मय परिषद् र नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित अन्तरविमर्श कार्यक्रममा साहित्यकार तथा समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले रक्ष राई नेपाली डायास्पोराका असंख्य स्रष्टामध्येका राम्रास्रष्टा भएको जिकिर गरे । उनले भने, ‘रक्ष एक तपस्वी हुन्, एक ऋषि हुन् । जो चिन्तन, मनन् र सिर्जनामा दिनरात तल्लिन रहन्छन् । उनको यो कृतिभित्र त्यही गहन चिन्तन र मनद्वारा खारिएर आएका, लेखिएका कथाहरू समाविष्ट छन्, जसले ज्ञानको तिर्खा मेटाउँछन्, नेपाली साहित्यमा यस्ता कृति कमैमात्र लेखिएका छन् ।’

उनले अनुवाद भाषाको मात्रै नभएर पात्र, परिस्थिति र चेतनाको पनि अनुवाद हुने विचार व्यक्त गरे । डा। भट्टराईले पल्टनेको फोटो अंगेजी भाषामा अनुवाद भएर विश्वमा जानलायक नेपाली साहित्यिक कृति भएको दाबी गरे । प्रा.डा. ज्ञानु पाण्डेले कथाकार राईमा जीवन र जगतका विविध पक्षलाई फरक शैलीमा प्रस्तुत गर्ने क्षमता रहेको बताइन् । उनले भनिन्, ‘राईमा आमलेखक भन्दा छुट्टै कथावाचन गर्ने शैली छ । जसले उनका कथा शक्तिशाली लाग्छन् ।’ पाण्डेले कथाकार आफैँ डायास्पोराभोक्ता भएका कारणले पनि कथामा खास डायास्पोरिक स्वाद पाइने दाबी गरिन् ।

कथाकार मातृका पोखरेलले राई नेपाली डायास्पोराकै विशिष्ट स्रष्टा भएको उल्लेख गर्दै साहित्यमा मूलधार, मोफसल वा प्रवास भन्नेजस्ता कुरा भ्रम रहेको बताए । उनले भने, ‘पल्टनेको फोटोभित्रका कथाले यही कुराको पुष्टि गर्दछन् ।’ मुन्धुम अध्येता भोगीराज चाम्लिङले जीवन, जगत् र समाजको मनोविज्ञान बुझेर लेखिएको साहित्य प्रभावकारी र कालजयी हुने धारणा व्यक्त गरे । उनले राईको कथामा ती कुरा पाइने बताए । अनुवादक बलराम अधिकारीले अहिले विश्वमै डायास्पोरिक साहित्यप्रति आकर्षण बढेको बताउँदै पल्टनेको फोटोको अनुवाद अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

उनले भने, ‘ यो कृति विश्वमा नेपाली साहित्यको स्तर देखाउनलायक छ ।’ कवि तथा समालोचक सुरेश हाचेकालीले बदलिँदो सामाजिक सन्दर्भमा लैङ्गिक सम्बन्धलाई नयाँ कोणबाट हेर्दै कथाकार राईले डायास्पोरामा महिलाबाट पीडित पुरुषको भोगाइलाई पनि आफ्नो कथाविन्यासको अङ्ग बनाएको बताए । कार्यक्रममा हरि गौतम, टीका चाम्लिङ र कैलाश राईले कथाकार रक्ष राई अब्बल कथाकार रहेको बताए । राईको कथामा अर्कै खालको स्वाद पाइने उनीहरूको विचार थियो ।

कार्यक्रम नेपाली वाङ्मय परिषद्का अध्यक्ष प्राज्ञ शशी लुमुम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो । खोटाङको बुइँपा पुख्र्यौली थातथलो भएका सेवानिवृत्त पूर्वब्रिटिस सैन्य राई बेलायतको वेल्समा बसेर साहित्य चिन्तन र सिर्जना कर्ममा समर्पित रहिआएका छन् । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका संस्थापक अध्यक्ष रहेका राई ‘नवचेतनाग्रह’, ‘डायास्पोरा सिद्धान्त’ र युद्धसौन्दर्य चिन्तन’ का प्रर्वतकसमेत हुन् ।

उनका यसअघि ‘शहीदकी आमाको लास’, ‘बालुवामा अर्को नेपाल’ (कथासंग्रह), ‘देश दुःखेको छ’, ‘सालिक उभिएर गोर्खाली’ र ‘पोएट इन किलिङ जोन’ (अंग्रेजी कवितासंग्रह), ‘डायास्पोरा सिद्धान्त र समालोचना’ तथा ‘नवचेतनाग्रह’ (सिद्धान्तपरक कृति) प्रकाशित छन् । सांग्रिला बुक्सद्वारा प्रकाशित संग्रहभित्र सत्र वटा कथा रहेका छन् । सौर्य दैनिकबाट