७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले

नेकपा (माओवादी केन्द्र)का नेताहरुको प्रतिक्रिया

नेकपा (माओवादी केन्द्र)का नेताहरुको प्रतिक्रिया
अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा नयाँ केन्द्रीय कमिटी संविधानले व्यवस्था गरे अनुरुपको समानुपातिक प्रतिनिधित्वको आधारमा बनाउने छलफल भएको छ । 

मंगलवार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी क्लष्टरको आधारमा युवा, मुस्लिम, महिला, जनजाति लगायतको प्रतिशत र कमिटी बनाउँदा संविधानमा व्यवस्था गरिए अनुरुप समानुपाति प्रतिनिधित्व हुनेगरी गर्ने र त्यसको निम्ति तयारी गर्ने निर्णय गरिएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा स्थायी कमिटी सदस्यहरु र प्रदेश ईन्चार्जहरुले समुहगत छलफल चलिरहेका ग्रुपमा गएर सहजीकरण गर्ने भएका छन् ।

स्थायी कमिटी सदस्य मातृका यादवले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्माआलोचना गरिसकेको भन्दै अन्य नेताहरुले पनि आ–आफ्नो ठाउँबाट आत्माआलोचना गर्नुपर्ने बताउनुभयो । महाधिवेशनबाट निस्किदाँ एक ढिक्का भएर अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामी सबैले स्वीकारीसक्यौँ नि त अलि अलि हामी बिग्रेका हौँ । मुख्य कुरो के हो भने अध्यक्ष कमरेडले आफ्नो तर्फबाट स्वीकारीसक्नु भो । जम्मै आफुमाथि लिनुभएको छ । बाँकी हामीले लिने कि नलिने ? अध्यक्ष मात्र रुपान्तरण भएर त हुँदैन । हामी ठुलो जमात गडबढको भयो भने त उहाँलाई पनि गडबढ गराइदिने हो नि त, त्यसैले उहाँ जसरी आत्माआलोचित हुनुभएको छ, हामी आफ्नो ठाउँमा कहाँ कहाँ चुकेका छौँ हामी पनि आत्माआलोचित हुँदै यो हलबाट जाँदाखेरी एक ढिक्का भएर अगाडी बढ्नुपर्छ ।’

अर्थमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले माओवादी केन्द्रले लिने आर्थिक नीति देशको आत्मनिर्भरता, वेरोजगारीको अन्त्य गर्ने हुने बताउनुभयो । त्यस्तै, उत्पीडित वर्ग, जाति र समुदायको स्थानीय स्रोत, साधनमाथि स्वामित्व स्थापना गर्दै समृद्धिको अभियान सञ्चालन गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘आर्थिक नीति देशको आत्मनिर्भरता, बेरोजगारीको अन्त्य गर्ने र आम उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गका जनसमुदायको स्थानिय स्रोत, साधनमाथि स्वामित्व स्थापन गर्दै सामुदायिक माध्यमबाट विकास निर्माण र समृद्धिको अभियान सञ्चालन गर्ने ।’

जारी माओवादी केन्द्रको आठौँ महाधिवेशनमा आफ्नो मत लिखित रुपमा राखेका नेता राम कार्कीले नेपाललाई नयाँ विचार चाहिएको बताउनुभयो । नेपाल विचारमा गरिब भएको उहाँको भनाई छ । उहाँले संघीयता सहि अर्थमा लागु हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘मेरो विचारमा के भने नेपाललाई एउटा विचार चाहिएको छ । नयाँ स्ट्राटेजी चाहिएको छ । नयाँ डेभलपमेन्ट स्ट्राटेजी चाहिएको छ । त्यो भनेको ज्ञान, चेतना, कार्यक्रम हो त्यो छैन अहिले । विचारमा नेपाल गरिब छ । हाम्रो ज्ञानको परम्परा असाध्यै कमजोर छ । बुद्धको ज्ञान प्रचार हुन पाएन, वैदेहीको, किराँतको, काठमाडौंको र खसहरुको जो ज्ञानको परम्परा थियो त्यसलाई कहिल्यै पनि वैधता प्रदान गरिएन । ज्ञान र चेतनामा हामी कमजोर छौँ । सबैतिर के हल्ला चलेको छ भने राजनीति धेर भो, ज्ञान धेर भो अब बिकास गर्ने । त्यो भनेको टाउको बिना हिड्छु भनेजस्तै हो । संघीयता सहि अर्थमा लागु भएन । संघीयता भनेको अर्थ के हो त भन्दा चौतारामा बसेर, बारिको डिलमा बसेर, चौरमा बसेर विकास निर्माणका छलफलहरु गर्न सकियोस् । सजिलै कार्य सम्पादन होस् भनेर संघीयता ल्याएको । बुख्याचाजस्तो भयो । तल गएका बजेटहरुको निगरानी संयन्त्र बन्नुप¥यो भन्ने मेरो माग हो ।’

नेता कार्कीले संघीयताका कारण स्थानीय तहमा अनियमितता बढेको भन्दै स्थानीय तहमा पुगेका बजेट कार्यान्वयनको निगरानी गर्न संयन्त्र बनाउनुपर्ने आफ्नो माग रहेको बताउनुभयो ।