१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई प्रधानमन्त्री शाहको आग्रह : ‘आफ्नो ज्ञान, सीप र अनुभव मुलुकको विकासमा प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु

वसन्तपुरको विरासतः क्युरियो पसलमा पुस्तान्तरणको कथा र फेरिँदो बजार (फोटो फिचर)

वसन्तपुरको विरासतः क्युरियो पसलमा पुस्तान्तरणको कथा र फेरिँदो बजार (फोटो फिचर)
अ अ+ अ-

काठमाडौं। काठमाडौंको मुटुमा रहेको वसन्तपुर दरबार क्षेत्र केवल ऐतिहासिक स्मारकहरूको सङ्ग्रहालय मात्र होइन । यो यहाँका पुराना क्युरियो पसलहरूका माध्यमबाट जीवन्त कला र संस्कृतिको संरक्षक पनि हो ।

दशकौंदेखि यी पसलहरूले नेपालको पहिचानलाई विश्वमाझ पुर्याउँदै आएका छन् । यहाँका धेरैजसो व्यवसायीहरू पाँच–छ पुस्तादेखि यही थलोमा व्यापार गर्दै आएका छन् । जसले व्यापारलाई मात्र होइन, संस्कृतिलाई पनि पुस्तान्तरण गरिरहेका छन् ।

यी सामग्रीहरूमा नेपाली कला र कौशलको त्यो जादु छ । जसले जोसुकैलाई पनि मन्त्रमुग्ध बनाउँछ । यहाँ पाइने सामग्रीहरू प्रायः नेपाली हातहरूले नै बुनेका र कुँदेका उत्कृष्ट हस्तकला, मूर्तिकला र मौलिक गरगहनाहरू हुन् ।

सजावट र उपहारका लागि मात्र नभई आफ्नो मौलिकता जोगाउन नेपालीहरूले यी हस्तकलाका सामग्रीहरू खरिद गर्ने क्रम बढ्दो छ । कुनै समय विदेशी पर्यटकको मात्र रोजाइमा पर्ने यी क्युरियो पसलहरूमा अचेल नेपाली ग्राहकहरूको चहलपहल पनि लोभलाग्दो गरी बढ्न थालेको छ ।

समय फेरिएको छ, ग्राहक फेरिएका छन् तर वसन्तपुरका यी क्युरियो पसलहरूले बोकेको नेपाली कलाको सुगन्ध र पुस्तान्तरणको विरासत अझै पनि उत्तिकै सुदृढ छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले कैद गर्नुभएका यि तस्बिरहरु ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल