२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हावाहुरी र वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित, आजै प्रतिवेदन पारित गर्ने तयारी News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र नामावली सच्याउन दिउँसो २ बजेसम्मको समय News Polar जनकपुरधाममा दशैँको तयारी तीव्र, राजदेवी मन्दिरसहित दर्जनौँ स्थानमा भव्य पूजा हुने News Polar पीपीएमा कडाइ गर्दै सरकार, खपत सुनिश्चित नभई सम्झौता नगर्ने ऊर्जामन्त्रीको संकेत News Polar राणाले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा, भने– ‘तरुण पंक्तिको प्रतिनिधित्व गर्छु’ News Polar केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका विद्वान गुरुङ भन्छन्– मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्प छ News Polar नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट काँग्रेसलाई सशक्त बनाउनुपर्छ : सुरेन्द्रराज पाण्डे News Polar संविधान र व्यवस्था जोगाउन युवाहरू आन्दोलन र जेल जान तयार हुनुपर्छ : महेन्द्र यादव News Polar गगन थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भएको फरमुल्लाह मन्सुरको दाबी News Polar कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने News Polar ७४ जिल्लामा स्क्रब टाइफस, नियन्त्रणका लागि सरकारको निगरानी तीव्र News Polar छ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ News Polar बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम News Polar कांग्रेस महाधिवेशनको चौथो दिन बन्द सत्र, प्रतिवेदन पारित गर्दै सभापति थापाले सम्बोधन गर्ने News Polar ‘सत्ता र शक्तिवालाहरूले कानुन मिच्दा कृष्णलाल अधिकारीहरू जन्मन्छन्, मकैको खेती सुरु हुन्छ’ News Polar मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण News Polar सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
Pakistan's Shaheen Shah Afridi celebrates after taking the wicket of Australia's Matt Renshaw during the third T20 cricket match between Pakistan and Australia, in Lahore, Pakistan, Sunday, Feb. 1, 2026. (AP Photo/K.M. Chaudary)
अ अ+ अ-

एजेन्सी । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टि–२० विश्वकप खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेको छ ।

श्रीलङ्का क्रिकेटका प्रमुख कार्यकारी अधिकृत एस्ले डि सिल्भाले शुक्रबार प्राप्त रिपोर्टका आधारमा पाकिस्तानलाई निर्णय पुनः सोच्न अनुरोध गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बहिष्कार अगाडि बढेमा यसले विभिन्न पक्षलाई असर पार्नेछ, किनकि फेब्रुअरी १५ मा हुने खेलका लागि सुरक्षा व्यवस्था, होटल बुकिङ र टिकट बिक्रीसहित सम्पूर्ण अन्तिम तयारी पूरा भइसकेको छ ।

डि सिल्भाले श्रीलङ्का क्रिकेटले पाकिस्तान क्रिकेट बोर्डका आफ्ना समकक्षीहरूलाई दुई देशबीचको लामो र बलियो क्रिकेट सम्बन्धको आधारमा पत्र पठाएको बताउनुभयो । यद्यपि, उहाँले उक्त पत्रको विस्तृत विवरण सार्वजनिक गर्न चाहनुभएन ।

श्रीलङ्का सन् २००९ मा लाहोरमा श्रीलङ्का टोलीमाथि भएको आतङ्कवादी आक्रमणपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट अलग परेको पाकिस्तान भ्रमण गर्ने पहिलो राष्ट्रिय टोली बनेको थियो । सो आक्रमणपछि पाकिस्तानमा लामो समयसम्म अन्तर्राष्ट्रिय क्रिकेट स्थगित भएको थियो ।

यसपालि श्रीलङ्का र भारतले सह–आयोजना गरिरहेको टि–२० विश्वकप पाकिस्तान सरकारको निर्णयका कारण विवादमा परेको छ । पाकिस्तान सरकारले यस हप्ताको सुरुमा आफ्नो टोली भारतसँग खेल्न मैदान नउत्रने घोषणा गरेपछि बहिष्कारको स्थिति उत्पन्न भएको हो ।

पछि पाकिस्तान सरकारले यो निर्णय बङ्गलादेशसँगको एकताका रूपमा लिइएको स्पष्ट गरेको छ । सुरक्षा चिन्ताको कारण देखाउँदै आफ्ना खेलहरू भारतबाट श्रीलङ्कामा सार्न माग गरेपछि बङ्गलादेश टोलीलाई प्रतियोगिताबाट हटाइएको थियो र त्यसको सट्टा स्कटल्यान्डलाई सहभागी गराइएको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले स्वतन्त्र मूल्याङ्कनपछि भारतमा बङ्गलादेश टोलीका लागि कुनै सुरक्षा जोखिम नभेटिएको र खेल स्थानान्तरणको माग ढिलो भएको जनाएको छ ।

हालैका प्रतियोगिताहरूमा भारत र पाकिस्तानलाई तटस्थ स्थलमा खेल्न अनुमति दिइएको उदाहरण प्रस्तुत गर्दै पाकिस्तानले आइसिसीको निर्णय असङ्गत भएको आरोप लगाएको छ ।

भारत र पाकिस्तानबीच दशकौँदेखि सैन्य र कूटनीतिक तनाव रहँदै आएको छ, जसको असर क्रिकेटमा पनि देखिँदै आएको छ । क्रिकेट दुवै देशमा करोडौँ मानिसले अत्यन्त चासोका साथ पछ्याउने खेल हो ।

यसैबीच, सन् २०२२ मा गम्भीर आर्थिक सङ्कट भोगेको श्रीलङ्का हाल अन्तर्राष्ट्रिय मुद्राकोषको पुनःउत्थान कार्यक्रमअन्तर्गत अघि बढिरहेको छ । पर्यटन श्रीलङ्काको प्रमुख आर्थिक आधार भएकाले यस्ता अन्तर्राष्ट्रिय प्रतियोगितालाई आर्थिक रूपमा पनि महत्त्वपूर्ण मानिएको छ ।