२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हावाहुरी र वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित, आजै प्रतिवेदन पारित गर्ने तयारी News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र नामावली सच्याउन दिउँसो २ बजेसम्मको समय News Polar जनकपुरधाममा दशैँको तयारी तीव्र, राजदेवी मन्दिरसहित दर्जनौँ स्थानमा भव्य पूजा हुने News Polar पीपीएमा कडाइ गर्दै सरकार, खपत सुनिश्चित नभई सम्झौता नगर्ने ऊर्जामन्त्रीको संकेत News Polar राणाले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा, भने– ‘तरुण पंक्तिको प्रतिनिधित्व गर्छु’ News Polar केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका विद्वान गुरुङ भन्छन्– मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्प छ News Polar नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट काँग्रेसलाई सशक्त बनाउनुपर्छ : सुरेन्द्रराज पाण्डे News Polar संविधान र व्यवस्था जोगाउन युवाहरू आन्दोलन र जेल जान तयार हुनुपर्छ : महेन्द्र यादव News Polar गगन थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भएको फरमुल्लाह मन्सुरको दाबी News Polar कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने News Polar ७४ जिल्लामा स्क्रब टाइफस, नियन्त्रणका लागि सरकारको निगरानी तीव्र News Polar छ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ News Polar बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम News Polar कांग्रेस महाधिवेशनको चौथो दिन बन्द सत्र, प्रतिवेदन पारित गर्दै सभापति थापाले सम्बोधन गर्ने News Polar ‘सत्ता र शक्तिवालाहरूले कानुन मिच्दा कृष्णलाल अधिकारीहरू जन्मन्छन्, मकैको खेती सुरु हुन्छ’ News Polar मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण News Polar सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित

मुक्तिनाथमा ‘स्की’ प्रशिक्षण शुरु

मुक्तिनाथमा ‘स्की’ प्रशिक्षण शुरु
अ अ+ अ-

मुस्ताङ: वारागुङ मुक्तिक्षेत्रको सेताम्मे हिउँले ढाकिएको मुक्तिनाथ क्षेत्रमा हिउँमा खेलिने स्की प्रतियोगिताको रौनक शुरु भएको छ ।

नेपाल स्की सङ्घको आयोजनामा पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता सञ्चालन हुने भएको हो । स्की खेलको विकास, प्रवद्र्धन तथा हिमाली पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल स्की सङ्घले सन् २०१६ देखि राष्ट्रिय स्तरको स्की प्रतियोगिता आयोजना गर्दै आएको छ ।

पहिलो संस्करण रसुवाको क्यान्जेन भ्यालीमा भएको थियो भने त्यसपछिका संस्करणहरू मुस्ताङको मुक्तिनाथ क्षेत्रमै सम्पन्न हुँदै आएका छन् । यसअघि सन् २०१९, २०२० र २०२२ मा मुक्तिनाथमा सफलतापूर्वक प्रतियोगिता भएका थिए । मौसमको अवस्था हेरेर अन्तिम तालिका तय गरिने बताइएको छ ।  यस पटकको प्रतियोगितामा १४ पुरुष र १० महिला खेलाडी सहभागी हुनेछन् ।

मुस्ताङबाट नेपाली सेनाका केही खेलाडी पनि सहभागी हुने आयोजकले जनाएका छन् । सिनियर प्रशिक्षक स्वराज श्रेष्ठ, सहायक प्रशिक्षकहरू दिनेश बोहरा, समिप लामिछाने, लक्ष्मी राई, आयुसी महर्जन तथा शारीरिक प्रशिक्षक विमान्थ अधिकारीले खेलाडीहरूलाई तालिम दिनुहुनेछ ।प्रतियोगितामा अल्पाइन स्कीअन्तर्गत स्लालोम र जायन्ट स्लालोम विधा समावेश गरिएको छ ।

विजेतालाई स्वर्ण, रजत तथा कास्य पदकसहित पुरस्कृत गरिनेछ । सन् २०२२ पछि आयोजना हुन नसकेको यो प्रतियोगिता यस वर्ष मुक्तिनाथ क्षेत्रमा चार पटक हिमपात भएपछि सम्भव भएको हो । नेपालमा कृत्रिम हिउँको अभावमा प्राकृतिक हिउँ परेको मौसममा मात्र स्की प्रतियोगिता सञ्चालन गर्न सकिने सङ्घले जनाएको छ । प्रशिक्षक श्रेष्ठले अहिलेको अभ्यासबाटै ओलम्पिक लगायतका स्की प्रतियोगितामा सहजता आउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दुई दिनको प्रशिक्षण र एक दिनको प्रतियोगिता भइरहेको छ । जुनियर र सिनियर हुन्छ । बच्चादेखि नै स्की खेल्न सिकायो भने ठूलो भएर ओलम्पिकमा सहज हुन्छ । ब्यालेन्स गर्न सिक्छ । १३ देखि १५ वर्षका बालबालिकालाई सिकाइरहेका छौँ । स्की कण्डिसन मिलाएर खेल्ने खेल हो ।’
त्यस्तै नेपाल स्की संघका सदस्य अर्जुन महर्जनले सडकहरु राम्रो भए स्कीको प्रशिक्षणमा प्रशिक्षार्थीहरु लैजान सहज हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सडक अलि राम्रो भयो भने एकदिनमै पुगिन्छ । केही सहज हुनेछ । स्की संघले हिउँ बिना स्की गर्न सक्दैन । हिउँ परेको बेलामा तातेर हामी त्यसमै रमाएर गर्ने हो । हिउँ बढी नै प¥यो भने सात, आठ दिन पनि हुन्छ । परेन भने एक दुई दिन ।’

मुक्तिनाथ क्षेत्रमा स्की खेलको रौनक शुरु भएसँगै पर्यटक तथा स्थानीयवासीमा उत्साह छाएको छ । यसले बेमौसम पर्यटन प्रवद्र्धन गरी हिउँदयामको पर्यटन घाटा कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । सरोकारवालाहरूले यस्ता शाहसिक खेललाई राज्यबाट उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

न्युज एजेन्सी नेपाल