२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हावाहुरी र वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित, आजै प्रतिवेदन पारित गर्ने तयारी News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र नामावली सच्याउन दिउँसो २ बजेसम्मको समय News Polar जनकपुरधाममा दशैँको तयारी तीव्र, राजदेवी मन्दिरसहित दर्जनौँ स्थानमा भव्य पूजा हुने News Polar पीपीएमा कडाइ गर्दै सरकार, खपत सुनिश्चित नभई सम्झौता नगर्ने ऊर्जामन्त्रीको संकेत News Polar राणाले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा, भने– ‘तरुण पंक्तिको प्रतिनिधित्व गर्छु’ News Polar केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका विद्वान गुरुङ भन्छन्– मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्प छ News Polar नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट काँग्रेसलाई सशक्त बनाउनुपर्छ : सुरेन्द्रराज पाण्डे News Polar संविधान र व्यवस्था जोगाउन युवाहरू आन्दोलन र जेल जान तयार हुनुपर्छ : महेन्द्र यादव News Polar गगन थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भएको फरमुल्लाह मन्सुरको दाबी News Polar कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने News Polar ७४ जिल्लामा स्क्रब टाइफस, नियन्त्रणका लागि सरकारको निगरानी तीव्र News Polar छ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ News Polar बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम News Polar कांग्रेस महाधिवेशनको चौथो दिन बन्द सत्र, प्रतिवेदन पारित गर्दै सभापति थापाले सम्बोधन गर्ने News Polar ‘सत्ता र शक्तिवालाहरूले कानुन मिच्दा कृष्णलाल अधिकारीहरू जन्मन्छन्, मकैको खेती सुरु हुन्छ’ News Polar मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण News Polar सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित

निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिएको भन्दै काँग्रेसको ध्यानाकर्षण

निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरिएको भन्दै काँग्रेसको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले निर्वाचनको प्रचारप्रसारमा निर्वाचान आचारसंहिता विपरित बालबालिकाको प्रयाग भएको आरोप लगाउनुभएको छ ।

नेपाली काँग्रेस केन्द्रिय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गर्नु आपत्तिजनक भएको बताउनुभएको हो ।

सानासाना बालबालिका चढेको बस प्रयोग गरी अभिभावकलाई चुनाव चिन्ह् र उम्मेदवारका पक्षमा प्रचार गराउनेजस्ता गतिविधि जिम्मेवार राजनीतिक दलले गर्न नहुने उहाँको भनाइ छ । उहाँले विशेष गरी चितवनमा निर्वाचनको लागी मत माग्न बालबालिकालाई प्रयोग गरेको भेटिएको जानकारी दिनुभयो । यस्ता गतिविधिबारे रोक्न उहाँले निर्वाचन आयोगको ध्यानाकर्षण गराउनु भयो । चालिसेले अन्य केही दलका कार्यकर्ताले आचारसंहिता मर्यादित ढंगले पालना नगरेको गुनासो आएको बताउनु भयो । उहाँले फरक विचार राख्ने दल तथा उम्मेदवारविरुद्ध सामाजिक सञ्जालमार्फत अमर्यादित टिप्पणी र घृणा फैलाउने गतिविधि रोक्न पनि आग्रह गर्नुभयो । यसले स्वस्थ राजनीतिक प्रतिष्पर्धाको वातावरण बिथोलिँदै जाने उहाँको भनाई छ । आफ्ना धारणा राख्दा सबै राजनीतिक दल र उम्मेदवारले मर्यादित भाषा र व्यवहार अपनाउनुपर्नेमा जोड दिँदै उहाँले नेपाली काँग्रेस पनि यस विषयमा सचेत रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन प्रचारप्रसारको क्रममा धेरै ठाउँबाट के सूचना आइरहेको छ भने निर्वाचन आचारसंहिताको उल्लङघन भइरहेको छ । अन्य पार्टीका साथीहरुले आचारसंहिता मर्यादित ढंगले पालना नगरेको रिपोर्ट आएको छ । विशेष गरेर बालबालिकाहरुलाई राजनितिमा प्रयोग गर्ने गरिएको छ, त्यसले राम्रो सन्देश दिँदैन । उनीहरुको बालअधिकार र बालमस्तिष्कलाई राजनीतिक प्रभाव पारेर राजनीतिक उद्देश्यको लागी दुरुपयोग गर्ने कुराहरु निर्वाचनको आचारसंहिता भित्र पर्दैन । सानासाना बालबालिका चढेको वसमा जाने र आफ्नो बाबुआमालाई चुनाव चिन्ह र व्यक्तिका बारेमा प्रचार गर्न लगाउने यस्ता गतिविधिहरु जिम्मेवार राजनीतिक दलहरुले गर्न नहुने गतिविधिहरु हुन् । निर्वाचन आयोगको हामी ध्यानाकर्षण गर्न चाहन्छौँ । चितवनमा स्कुलका वालबालिकाहरुलाई कुनै पार्टीको चुनाव चिन्हको बारेमा आफ्नो अभिभावकहरुलाई भन्न आग्रह गरिएको देखियो । बालबालिकाले जिद्धी गरेपछि छ अभिभावकलाई पनि असर गर्छ नी त । मतदानको लागी बालबालिकाको मस्तिष्क प्रयोग गर्ने कुरा त राम्रो होइन नी त्यो ।’ 

उहाँले निर्वाचनमा मतदान गर्नुअघि उम्मेद्वार र राजनितिक दलको पृष्ठभुमीको बारेमा जानकारी राख्न पनि आग्रह गर्नुभयो । उहाँले असन्तुष्टीबाट नै अधिनायकवादको जन्म हुने उल्लेख गर्दै नेपालमा पनि सचेत रहन आग्रह गर्नुभयो । उहाँले विगतमा गरेका काम र भविष्यमा गर्न सक्ने क्षमताको आधारमा मतदान पनि आग्रह गर्नुभयो ।