१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको पानी छिट्टै राजधानी पुर्‍याइने मन्त्री चौधरीको भनाइ



अ+ अ-

काठमाडौँ । खानेपानीमन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री एवं सन्त कृष्णप्रसाद भट्टराईको सपना साकार पार्न छिट्टै मेलम्चीको पानी राजधानीमा ल्याइने बताउनुभएको छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री निर्वाचित भएपछि आज महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन आयोजित कार्यक्रममा उहाँले स्वच्छ खानेपानी उपलब्ध गराउन आफू लागिपरेको सुनाउनुभयो । अस्थायीरुपमै भए पनि पानी छिटो काठमाडौँ ल्याउन लागिपरेको मन्त्री चौधरीले सुनाउनुभयो । यसअघि पानी राजधानी आइपुगेका बेला पूर्वप्रधानमन्त्रीले मेलम्चीको सपना अघि बढाउने सन्त नेता भट्टराईको नामसमेत स्मरण गर्न नचाहनु अराजनीतिक घटना भएको उहाँले बताउनुभयो ।

पार्टीमा युवाको नेतृत्व स्थापित भएको उल्लेख गर्दै मन्त्री चौधरीले अबका दिनमा सबै तहमा युवा पुस्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । पार्टीका नेता कृष्णप्रसाद सिटौलाले व्यक्तिगत स्वार्थलाई त्याग गरी युवा पुस्तालाई अघि बढाउन भूमिका खेल्नुभएको उहाँको भनाई थियो । 

पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले पार्टीमा युवाको भूमिका महत्वपूर्ण बनाउनकै लागि आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको बताउनुभयो । कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका महामन्त्री बलदेव तिमल्सिनालगायतले नयाँ सोच र दृष्टिकोणका साथ कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।