१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेदकोटका ९३ जनालाई जग्गाधनी पूर्जा वितरण



अ+ अ-

कञ्चनपुर।  जिल्ला भूमि समस्या समाधान आयोगले कञ्चनपुरको बेदकोट नगरपालिकामा ९३ जनालाई जग्गाधनी पूर्जा प्रदान गरेको छ ।

छ दशकदेखि ऐलानी जमिनमा बसोबास गर्दै आएका भूमिहीन नागरिकलाई आज जग्गाधनी पूर्जा हस्तान्तरण गरेको बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार बेदकोट नगरपालिका–८ का ६३ जना र बेदकोट–६ का ३० जनालाई जग्गाधनी पूर्जा वितरण गरिएको हो ।

“पालिकामा बाँकी सात वडाका ५०० बढी जग्गाधनी पूर्जा भूमिहिन नागरिकलाई दिने योजना छ”, नगरप्रमुख बोहराले भन्नुभयो, “यसअघि सेतो पूर्जा पाएका भूमिहीन नागरिकलाई पूर्ण स्वामित्वको जग्गाधनी पूर्जा दिइएको हो ।”

विसं २०२२ सालदेखि बसोबास गर्दै आएका भूमिहीन नागरिकले जग्गाको स्वामित्व पाएपछि खुसी व्यक्त गरेका छन् । “बाजेको पालादेखि भोगचलन गरेको जग्गाको स्वामित्व अहिले पाए”, स्थानीय रतनराम लुहारले भन्नुभयो, “भोगचलन गरेको ६० वर्षपछि जग्गाधनी पूर्जा पाउँदा खुसी छौँ ।”

भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले देशभरका वडा र स्थानीय तह सक्रिय रुपमा लागे भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा प्रदान गर्न सकिने बताउनुभयो । रासस