१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा

पुस २६ गतेदेखि दुर्घटना न्यूनीकरण अभियान तथा ट्राफिक सप्ताह

पुस २६ गतेदेखि दुर्घटना न्यूनीकरण अभियान तथा ट्राफिक सप्ताह
अ अ+ अ-

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही पुस २६ गतेदेखि माघ ३ गतेसम्म सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह–२०८२ सञ्चालन गर्ने भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले काठमाडौँ उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यका उक्त अभियान सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

अभियानमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक, सामाजिक तथा व्यवहार परिवर्तनमुखी कार्यक्रमहरू सञ्चालन गरिने छ । प्रवक्ता सुवेदीले भन्नुभयो, “एक सातासम्म सवारी दुर्घटना न्यूनीकरणका लागि लक्षित ट्राफिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।”

उहाँका अनुसार यही पुस २५ गते शुक्रबार रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ । साथै, ट्राफिक एफएममार्फत सरोकारवाला निकाय तथा सडक सुरक्षासम्बन्धी विज्ञ, व्यक्तित्वहरूसँग विशेष कार्यक्रम, अन्तर्वार्ता तथा अन्तरक्रिया सञ्चालन गरिनेछ ।

यसैगरी सामाजिक सञ्जाल टिकटक, फेसबुक र एक्समार्फत ट्राफिक सप्ताहसम्बन्धी प्रचारप्रसार तथा सचेतनामूलक सामग्रीहरू प्रवाह गरिनेछ भने नेपाल टेलिकम, एनसेललगायत दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूलाई ट्राफिक सचेतनासम्बन्धी धुन तथा सन्देशहरू सात दिनसम्म प्रसारण गर्न अभिप्रेरित गराइने जनाइएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक नियमको निष्पक्ष कार्यान्वयन, जनचेतना अभिवृद्धि तथा सवारी दुर्घटनाबाट हुने मानवीय, सामाजिक र आर्थिक क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ उक्त अभियान आयोजना गर्न लागिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुरक्षित, व्यवस्थित र अनुशासित यातायात प्रणालीको विकासमा टेवा पु¥याउने लक्ष्यसहित सवारी दुर्घटना न्यूनिकरण विशेष अभियान तथा ट्राफिक सचेतना सप्ताह–२०८२ सञ्चालन गर्न लागिएको हो ।”

अभियानअन्तर्गत काठमाडौँ उपत्यकामा रहेका डिजिटल बोर्डमा प्रत्येक घण्टामा एक मिनेटको दुर्घटनासम्बन्धी जनचेतनामूलक वृत्तचित्र प्रदर्शन गर्न आवश्यक समन्वय गरिनेछ । साथै राष्ट्रिय कलाकार, गायक तथा गायिकाहरूलाई उपत्यकाका मुख्य चोकहरूमा ट्राफिक सचेतनामूलक पर्चा, पम्प्लेट वितरण गर्न आमन्त्रण गरिनेछ ।

रात्रिकालीन लामो तथा मध्यम दूरीका सवारी साधनहरूमा एक मिनेटको दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक वृत्तचित्र प्रदर्शन गरिनेछ । राइड सेयरिङ एप चालकहरूलाई लक्षित गरी दुर्घटना न्यूनीकरणसम्बन्धी विशेष सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने आजको पत्रकार सम्मेलनमार्फत जनाएको छ । रासस