१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा

सांस्कृतिक सम्पदाको संरक्षण गर्न नेपाल र अमेरिकाबीच सम्झौतामा हस्ताक्षर

सांस्कृतिक सम्पदाको संरक्षण गर्न नेपाल र अमेरिकाबीच सम्झौतामा हस्ताक्षर
अ अ+ अ-

काठमाडौँ। नेपालको सांस्कृतिक सम्पदाको संरक्षण हेतु नेपाल र संयुक्त राज्य अमेरिकाबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर भएको छ ।

आज यहाँ आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा सुरेश सुरश श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले हस्ताक्षर गर्नुभयो ।

द्विपक्षीय सांस्कृतिक सम्पत्ति सम्झौतामा नेपालको समृद्ध सांस्कृतिक सम्पदाको सुरक्षा गर्ने र सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारको रोकथाम गर्ने उल्लेख छ । सम्झौताअन्तर्गत, नेपाल सरकारद्वारा जारी भई म्याद नगुज्रिएको निर्यात प्रमाणपत्रको साथमा बाहेक, अमेरिकाले नेपालबाट निश्चित पुरातात्विक तथा मानवजातीय सामग्रीको अमेरिकामा आयातलाई आफ्नो कानुनबमोजिम प्रतिबन्धित गर्नेछ ।

सो सम्झौताले धार्मिक वास्तुकलाका सामग्री, धार्मिक तथा आनुष्ठानिक वस्तुहरू र अमेरिकी सरकारद्वारा आगामी दिनमा प्रकाशित गरिने निर्दिष्ट सूचिमा उल्लिखित पाण्डुलिपिलगायत वस्तु छन् । त्यसमा पुरापाषाण युगको करिब ३२,००० इसापूर्वदेखि इस्वी संवत् १७७० सम्मका पुरातात्विक सामग्री र १३औँ शताब्दीदेखि इस्वी संवत् १९५० सम्मका मानवजातीय सामग्री समेटिएको छ । सम्झौताले कलाकृतिको चोरी डकैती र अवैध व्यापारविरुद्ध लड्न द्विपक्षीय सहयोगलाई सुदृद्ध गरी नेपालका सांस्कृतिक नीति भावी पुस्ताका निम्ति संरक्षित रहने सुनिश्चितता गर्ने बताइएको छ ।

यो सम्झौताले अमूल्य सम्पदालाई अवैध बजारमा पुग्नबाट रोकेर, चोरी डकैतीका प्रेरक तत्वहरूको न्यूनीकरण गरेर तथा सांस्कृतिक सम्पत्तिको जिम्मेवारीपूर्ण रखवारीको प्रवद्र्धन गरेर नेपाललाई महत्वपूर्ण लाभ प्रदान गर्नेछ । साथै यसले विश्व सभ्यतामा नेपालका अद्वितीय योगदानको सम्मान गर्दै नेपालको विश्वव्यापी छविलाई उँचो बनाउनुका साथै अमेरिकी संस्था, विश्वविद्यालय र अन्वेषकसँगको सहकार्यलाई सहजीकरण गर्नेछ ।

साथै यसले नेपालको सांस्कृतिक इतिहासको अध्ययन गरी त्यसबारे अन्तरराष्ट्रिय समुदायलाई अवगत गराउन सक्नेछ । पुण्य तथा ऐतिहासिक कलाकृतिहरु आफ्नै मौलिक परिवेशमा कायम रहने र नेपाली नागरिक तथा आगन्तुक सबैले तिनको अनुभव लिनसक्ने सुनिश्चित गरी यस सम्झौताले नेपालको सांस्कृतिक पर्यटन उद्योगलाई पनि टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव मुकुन्दप्रसाद निरौलाले भन्नुभयो, “नेपालको सांस्कृतिक सम्पदाको जगेर्नामा निरन्तरको साझेदारीका निम्ति नेपाल सरकार अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गर्दछ ।” उहाँले विगत दुई दशकमा राजदूत सांस्कृतिक संरक्षण कोष र हाल सांस्कृतिक सम्पत्ति सम्झौतामार्फत गरिएको यो साझेदारीले नेपाल र अमेरिकाबीचको बलियो सहकार्यलाई प्रतिविम्बित गरेको उल्लेख गर्नुभयो ।

सम्झौताले सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार रोक्न र भावी पुस्ताका लागि सांस्कृतिक सम्पदाको संरक्षण गर्नप्रति साझा प्रतिबद्धतालाई प्रतिविम्बित गरेको उहाँको भनाइ थियो ।

अमेरिकी राजदूत थम्पसनले भन्नुभयो, “यस सांस्कृतिक सम्पत्ति सम्झौताले नेपालको सांस्कृतिक सम्पदाप्रति रहेको अमेरिकाको गहिरो सम्मानमाथि जोड दिएको छ । यसले अवैध ओसारपसार रोकथाममा सहकार्यलाई सुदृढ बनाउँछ, कानुनसम्मत सांस्कृतिक आदानप्रदानमा सहयोग गर्दछ र नेपालको सांस्कृतिक सम्पदा भावी पुस्ताका निम्ति जोगाउने हाम्रो साझा जिम्मेवारीमा बल पु¥याउँछ ।”

अमेरिकी विदेश मन्त्रालयको सांस्कृतिक सम्पदा केन्द्रले सांस्कृतिक सम्पत्ति सम्झौताको हस्ताक्षर र कार्यान्वयनमार्फत सांस्कृतिक सम्पदाको अवैध ओसारपसारविरुद्ध लड्ने र सांस्कृतिक सम्पदाको संरक्षण गर्ने अमेरिकी कार्यको नेतृत्व गर्दछ । यी सम्झौताले अवैध ओसारपसारका सञ्जाल तोड्ने, अमेरिकी सङ्कलक तथा सङ्ग्रहालयलाई चोरिएका वस्तु अन्जानमा खरिद गर्नबाट जोगाउने र आतङ्ककारी तथा अन्तर्देशीय अपराधीतर्फ हुने आर्थिक प्रवाह रोक्ने गर्छन् ।

यसले अमेरिकी नागरिकले विश्वव्यापी सम्पदामा जिम्मेवारीपूर्वक पहुँच पाउन र अध्ययन गर्नसक्ने सुनिश्चित गर्दै, अमेरिकी दूतावासलाई साझेदार देशसँग सम्बन्ध बलियो बनाउने माध्यम उपलब्ध गराएर कूटनीतिलाई पनि बढवा दिने दूतावासले जनाएको छ । विश्वभर सम्पन्न गरिएका र लागू भइसकेका ३० वटा यस्ता सम्झौताका साथ अमेरिका सांस्कृतिक सम्पदा संरक्षणमा विश्वव्यापी अगुवाका रूपमा रहेको देखिन्छ ।

नेपालसँगको सांस्कृतिक सम्पत्ति सम्झौता नेपालको सार्वभौमिकता र सम्पदाको सुरक्षाप्रति अमेरिकाको लामो समयदेखिको प्रतिबद्धतामा आधारित छ । जसमा विगत दुई दशकमा २८ वटा परियोजनाका लागि राजदूत सांस्कृतिक संरक्षण कोषमार्फत गरिएको ४५ लाख अमेरिकी डलरभन्दा बढीको सहयोग समावेश छ ।

ती परियोजनाले ऐतिहासिक स्मारक तथा पाण्डुलिपिको जीर्णोद्धार, सांस्कृतिक सम्पदास्थलको जगेर्ना र हालसालै लुम्बिनीमा नेपालकै पहिलो आधुनिक संरक्षण प्रयोगशालाको स्थापना गरेका छन् । रासस