१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा

निर्वाचनका लागि प्रदेशभर सुरक्षा संयन्त्र परिचालन

निर्वाचनका लागि प्रदेशभर सुरक्षा संयन्त्र परिचालन
अ अ+ अ-

सङ्खुवासभा। कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विनोद घिमिरेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै प्रदेशभर सुरक्षा संयन्त्र पूर्ण रूपमा परिचालन गरिएको जानकारी दिनुभएको छ ।

जिल्लाको निरीक्षणका क्रममा आज पत्रकारसँग कुरा गर्दै उहाँले निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको प्रमुख जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहयोग अपरिहार्य रहेको स्पष्ट पार्नुभयो ।

अहिलेको सबैभन्दा ठूलो जिम्मेवारी फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गराउनु रहेको उहाँको भनाइ छ । निर्वाचन सफल बनाउन सुरक्षा निकाय मात्र होइन, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मी सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो ।

प्रहरी एक्लैले मात्र निर्वाचन सफल बनाउन नसक्ने भएकाले सबै सरोकारवालाको समन्वय र सहयोग अपरिहार्य रहेको पनि उहाँको भनाइ छ।

विशेषगरी सञ्चारकर्मीको भूमिकालाई उल्लेख गर्दै डिआइजी घिमिरेले जिम्मेवार र तथ्यपरक रिपोर्टिङमार्फत जनतामा विश्वास कायम गर्न सञ्चारमाध्यमले ठूलो योगदान दिनसक्ने धारणा राख्नुभयो । उहाँका अनुसार जिल्लाका मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ र सोहीअनुसार सुरक्षा योजना तयार पारेर आवश्यक जनशक्ति परिचालन गरिनेछ ।

“हरेक मतदान केन्द्र र स्थलमा कडाइका साथ सुरक्षा व्यवस्था मिलाइनेछ”, उहाँले भन्नुभयो, “लोकतन्त्रको जग भनेकै निर्वाचन प्रक्रिया भएकाले कुनै पनि अनावश्यक गतिविधि हुन दिइने छैन ।”

निरीक्षणका क्रममा डिआइजी घिमिरेले सङ्खुवासभाको मकालु गाउँपालिका–३ स्थित इलाका प्रहरी कार्यालय हेदाङ्नाको नवनिर्मित प्रशासनिक भवन तथा सिलिचोङ गाउँपालिकाको माङतेवामा रहेको प्रहरीचौकीको भवन औपचारिक रूपमा उद्घाटन गर्नुभयो ।

उद्घाटनका क्रममा उहाँले प्रभावकारी सुरक्षा सेवा प्रवाहका लागि भौतिक पूर्वाधार सुदृढ हुनु अत्यावश्यक रहेको उल्लेख गर्नुभयो । साथै, सीमित स्रोतसाधनका बाबजुद पनि नागरिकको सुरक्षामा कुनै सम्झौता नगर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । रासस