१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा

अमेरिकाको जलवायु सन्धि बहिर्गमन खेदजनकः इयु

अमेरिकाको जलवायु सन्धि बहिर्गमन खेदजनकः इयु
अ अ+ अ-

पेरिस। युरोपेली सङ्घ (इयु) युनियनका जलवायु प्रमुखले अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय जलवायु सन्धिबाट बाहिरिने घोषणा गरे पनि युरोपले विश्व तापक्रम वृद्धिसँग जुध्न अन्य राष्ट्रहरूसँग सहकार्य निरन्तर जारी राख्ने स्पष्ट गर्नुभएको छ ।

इयुका जलवायु आयुक्त वोप्के होक्स्ट्राले बिहीबार प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सन (युएनएफसिसिसी) सहित दर्जनौँ अन्तर्राष्ट्रिय सङ्गठन र सन्धिहरूबाट अमेरिका बाहिरिने निर्णय सार्वजनिक गरेपछि पनि युरोपको प्रतिबद्धता कमजोर नहुने बताउनुभयो ।

सन् १९९२ मा पारित युएनएफसिसिसी सन्धि हरितगृह ग्यास उत्सर्जन घटाउने, विश्व तापक्रम नियन्त्रण गर्ने तथा जलवायु परिवर्तनका प्रभावसँग अनुकूलन गर्न राष्ट्रहरूलाई सहकार्यका लागि एक साझा आधार उपलब्ध गराउने उद्देश्यले गरिएको विश्वव्यापी सम्झौता हो ।

आयुक्त होक्स्ट्राले युएनएफसिसिसीले ‘विश्वव्यापी जलवायु कार्यलाई समर्थन गर्ने आधारशिला’ को भूमिका खेलेको उल्लेख गर्दै यसबाट अमेरिका पछि हट्नु अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभयो ।

“विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र र दोस्रो ठूलो हरितगृह ग्यास उत्सर्जनकर्ता राष्ट्रले यस्तो आधारभूत सन्धिबाट पछि हट्ने निर्णय खेदजनक र दुर्भाग्यपूर्ण छ”, होक्स्ट्राले सामाजिक सञ्जाल लिङ्कडइनमा लेख्नुभएको छ, “हाम्रो साझा समझदारी र कामको आधारका रूपमा इयु अन्तर्राष्ट्रिय जलवायु अनुसन्धानलाई स्पष्ट रूपमा समर्थन गर्न निरन्तर रहनेछ ।”साथै, अन्तर्राष्ट्रिय जलवायु सहकार्यमा पनि हामी सक्रिय रूपमा काम गरिरहनेछौँ ।”

आफ्नो घरेलु नीतिमा जीवाश्म इन्धनलाई प्राथमिकता दिँदै आएका राष्ट्रपति ट्रम्पले मानव गतिविधिका कारण पृथ्वी तातिरहेको छ भन्ने वैज्ञानिक सहमतिलाई खुलेर अस्वीकार गर्दै जलवायु विज्ञानलाई ‘झुटो’ भन्दै आलोचना गर्दै आउनुभएको छ ।

उहाँको प्रशासनले नोभेम्बरमा ब्राजिलमा सम्पन्न पछिल्लो संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनमा कुनै पनि आधिकारिक प्रतिनिधि पठाएको थिएन । उक्त सम्मेलन प्रत्येक वर्ष युएनएफसिसिसीको छातामुनि आयोजना हुँदै आएको छ ।

यसैबीच, स्वच्छ ऊर्जा रूपान्तरणका लागि इयुकी उपाध्यक्ष टेरेसा रिबेराले ट्रम्प प्रशासनले वातावरण, जनस्वास्थ्य वा आम मानिसको पीडाप्रति ‘कुनै चासो नदेखाएको’ आरोप लगाउनुभयो । “शान्ति, न्याय, सहयोग वा समृद्धि यी प्रशासनका प्राथमिकतामै छैनन्”, उहाँले सामाजिक सञ्जाल ब्लुज्कीमा लेख्नुभएको छ । राष्ट्रपति ट्रम्प सत्तामा फर्किएपछि ऐतिहासिक पेरिस जलवायु सम्झौताबाट पनि अमेरिका बाहिरिसकेको छ ।

उहाँले सन् २०१७ देखि २०२१ सम्मको आफ्नो पहिलो कार्यकालमा गरेको निर्णयलाई पछि उहाँका उत्तराधिकारी, डेमोक्रेटिक राष्ट्रपति जो बाइडेनले उल्टाउनुभएको थियो । युएनएफसिसिसीजस्तो आधारभूत सन्धिबाट बाहिरिने अमेरिकी कदमले भविष्यमा कुनै पनि प्रशासनले पुनः सामेल हुन खोज्दा थप कानूनी जटिलता र अनिश्चितता सिर्जना गर्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । (रासस/एएफपी)