१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यासिनोमा ठगी गरेका आरोपी पुर्पक्षका लागि कारागार चलान



फाइल फोटो
अ+ अ-

काठमाडौँ। ठमेलको छायाँ सेन्टरमा रहेको ‘वाल्डो क्यासिनो’मा आइलेन्स प्रयोग गरी ठगी गरेको आरोप लागेका चार भारतीयलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

उनीहरुलाई आज पुर्पक्षका लागि कारागार चलान गरिएको हो । कारागार चलान हुनेमा दिल्लीका ५७ वर्षीय सुरेश महाजन, देहरादुनका ३९ वर्षीय प्रमोद मौर्य, उत्तराखण्डका ३२ वर्षीय विक्रमसिंह र भारत हरियानाका ३७ वर्षीय दिनेश वर्मा रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका सात जनामध्ये चार जनालाई पुर्पक्षका लागि कारागार चलान, दुई जनालाई एक लाख धरौटीमा रिहा र एक जनालाई पाँच लाख धरौटीमा रिहा गरिएको जानकारी दिनुभयो । रु एक लाख तिरेर धरौटीमा रिहा हुनेमा सुनसरीकी ३५ वर्षीय चिजा खड्का र टोखाकी ४० वर्षीय भवानी पाण्डे रहेका छन् ।

यसैगरी पाँच लाख तिरेर रिहा हुनेमा चिनियाँ नागरिक क्यासिनो सञ्चालक छन मान छिन रहेका छन् । रासस