• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   ‘मिर्जापुर’ सिरिजमा देखिएका यी स्टारहरुको मृत्यु, एक जनाको शव बाथरुममा सडेको भेटिएको थियो ★   कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन ★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ?

थानकोट जेसीजका अध्यक्षमा सञ्चारकर्मी दानी



काठमाडौँ । थानकोट जेसीजका अध्यक्ष पदमा युवा सञ्चारकर्मी रोसन दानी निर्वाचित हुनुभएको छ । संस्थाको बिहीबार यहाँ सम्पन्न वार्षिक साधारणसभा तथा २२ औँ शाखा अधिवेशनले उहाँका अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । यसअघि उहाँ संस्थाको महासचिव पदमा कार्यरत हुनुहुन्थ्यो । 

नवनिर्वाचित अध्यक्ष दानी प्रगतिशील पत्रकार सङ्घ काठमाडौँ जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । यसैगरी शाखाको कार्यकारिणी उपाध्यक्षमा एलिना महर्जन, सुजना महर्जन श्रेष्ठ, राहुल गोपाली, रिकेस महर्जन निर्वाचित हुनुभएको नेपाल जेसिजका पूर्वराष्ट्रिय उपाध्यक्ष मोहनलाल डाँगीले जानकारी दिनुभयो । 

नवनिर्वाचित अध्यक्ष दानीले महासचिवमा विपना बस्नेत, कोषाध्यक्षमा विराज शाही, कानुुनी सल्लाहकारमा विशाल शाही र सल्लाहकारमा संस्थापक अध्यक्ष नन्ददास अमात्य, सलिम श्रेष्ठ, पेशल खतिवडा, राज गोपाली र मोहन डाँगी मनोनीत गर्नुभएको छ । संस्थाले मानवीय सेवाका गतिविधि तथा युवामा नेतृत्व विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस