२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

सबै निर्वाचनहरु समयमै सम्पन्न हुनेछ : बालकृष्ण खाँण

सबै निर्वाचनहरु समयमै सम्पन्न हुनेछ : बालकृष्ण खाँण
अ अ+ अ-

पोखरा । गृहमन्त्री बालकृष्ण खाँणले सबै तहका निर्वाचनहरु समयमै सम्पन्न हुने बताउनु भएको छ । गृहमन्त्री खाँणले तीन वटै तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न हुने गरी सरकारले आवश्यक शान्ति सुरक्षाको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 

शुक्रबार पोखरामा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले जनताबाट विश्वास पाएका जनप्रतिनिधिहरुको छनौंट हुने गरी सबै तहको निर्वाचन हुने बताउनु भयो । गृहमन्त्री खाँणले भन्नुभयो, ‘सबै निर्वाचनहरु निर्वाचनको समयमै सम्पन्न हुनेछन् । सरकारले शान्ति सुरक्षा प्रदान गर्नेछ । निष्पक्ष, स्वतन्त्र, भयमुक्त वातावरणमा जनताले मत दिएर, जनताबाट विश्वास पाएका जनप्रतिनिधिहरुको छनौट हुने खालको निर्वाचन समयमै सम्पन्न गरिनेछ ।’

गृहमन्त्री खाँणले सबै दलको सहमतिमै एमसीसी संसदबाट पारित हुने विश्वास पनि व्यक्त गर्नु भयो । उहाँले एमसीसी देश र जनताकै लागि भएको तर्क गर्दै त्यसमा असहमत हुने दलहरुलाई पनि सहमतिमा ल्याएर अघि बढाउने बताउनु भयो । उहाँले एमसीसी कुनै सैन्य गठबन्धनका लागि नभएको र अनुदानको रुपमा आएको सो रकमलाई सदुपयोग गरेर अघि बढाउनुपर्ने मान्यतामा सरकार दृढ रहेको दोहोर्‍याउनु भयो । गृहमन्त्री खाँणले भन्नु भयो, ‘नेपाल सरकारले नै प्रस्तावित गरेको, त्यो प्रयोजन कुनै सैन्य गठबन्धन हुँदै होइन । र यो नेपालको भौतिक विकासको लागि नै हो । जलस्रोतको धनी मुलुक नेपालमा अहिले अहिले प्रस्तावित भएका, निर्माणाधिन रहेका जलविद्युत आयोजनाहरुबाट विद्युत उत्पादन भईसकेपछि त्यो खपत गर्न यसलाई निर्यात गर्नका निम्ति पनि ट्रान्समिटर टावर चाहिन्छ नै । र अघि भनेजस्तै त्यसको व्यवस्थापन गर्नका लागि पनि थुप्रै स्रोत साधन चाहिन्छ । र त्यो विद्युतको ट्रान्समिटर व्यवस्थापन गर्दाखेरी सडक विस्तारका लागि नै यो परियोजना ल्याइएको हो । यो फेरी हामीले तिर्नुपर्ने रकम होईन । यो त अनुदान हो । अनुदानको रुपमा आउने यो रकमलाई नेपालीहरुले सदुपयोग गर्नु पर्छ । र यसलाई सदुपयोग गर्न सक्छौं भन्ने हाम्रो विश्वास हो । त्यसकारणले यो अगाडि बढछ । यसमा सहमत नहुने साथीहरुलाई पनि हामीले विस्तारै सहमत  बनाउन सक्नुपर्छ भन्ने नै हाम्रो धारणा छ । मिलेर अघि बढाउने । यो देशकै लागि हो । सबै जनताकै लागि हो । त्यसैले सबै पार्टीहरुको सामूहिक प्रतिवद्धताबाट यो अघि बढाउने हो ।’

गृहमन्त्री खाँणले एमसीसी सरकारले नै प्रस्तावित गरेको परियोजना भएको भन्दै यसलाई सबै दलहरुको सामूहिक प्रतिवद्धताबाटै अघि बढाउनुपर्ने बताउनु भयो ।