२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

पूर्वप्रधानन्यायाधीशहरुको सम्पति छानविन गर्न उजुरी (भिडियो सहित)

पूर्वप्रधानन्यायाधीशहरुको सम्पति छानविन गर्न उजुरी (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल  बार एसोसिएसनका पूर्व अध्यक्षहरु लगायतको सम्पत्ति छानविन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ । 

न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधिशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानले शुक्रबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको हो । अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालको नेतृत्वमा गएको टोलीले विभागका उपमहानिर्देशक कमल ढकाललाई उजुरी पत्र बुझाएका हुन् । अभियानका अध्यक्ष नेपालले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पनि बेञ्च वार समन्वय समितिमा रहने न्यायाधीशहरु लगायत पूर्व न्यायाधीशहरु, बारका पूर्व नेतृत्व र वर्तमान नेतृत्व भ्रष्टाचारमा संलग्न रहेको पुष्टि गरेको बताउनुभयो ।

उहाँहरुले भ्रष्टाचार गरेर सम्पत्ति कमाएको ठहर अभियानले समेत गरेकाले छानविनको माग गर्दै उजुरी दिएको अधिवक्ता नेपालले बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिले सम्मका सबै पूर्व प्रधानन्यायाधीशहरु, सर्वोच्च अदालतका पनि सबै पूर्व न्यायाधीशहरु, त्यसैगरी नेपाल बार एसोसिएसनको नेतृत्व, बेञ्च बार समन्वय समिति नामको विचौलिया कमिटी, सेटिङ कमिटी नै भ्रष्टाचारको कारण हो र विचौलिया हो भनेर सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित न्यायाधीशहरु समेत सम्मिलित उच्चस्तरीय समितिले गरेको अध्ययन प्रतिवेदनले पनि त्यो समन्वय समिति पनि विचौलिया कमिटी हो भनेर भनेको हुनाले त्यो समन्वय समितिमा रहेका न्यायाधीशहरु, पूर्व न्यायाधीशहरु, बारका पूर्व नेतृत्व, वर्तमान नेतृत्व समेत त्यसमा संलग्न रहेको त्यही प्रतिवेदनले पुष्टि गरेको छ । उहाँहरुले गलत ढंगले भ्रष्टाचार गरेर कमाएको सम्पतीलाई अन्यत्र उपयोग गरेर शुद्धिकरण गरिएको हाम्रो ठहर छ । यो सम्पति शुद्धिकरणसँग सम्बन्धित विषय भएको हुनाले यो विभाग सम्वद्धता यो प्रश्नमा राख्छ । त्यसैले सम्पति शुद्धिकरण अनुसन्धान विभाग समक्ष आज यो उजुरीपत्र प्रस्तुत गर्न लागिरहेका छौँ ।’

अभियानले पूर्वप्रधानन्यायाधीश, पूर्व न्यायाधीशहरुको निधन भइसकेको अवस्था देखिएमा उहाँका परिवारका सदस्यउपर पनि छानविन गरिनुपर्ने माग गरेको छ ।