२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्मको छ : माधवकुमार नेपाल

आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्मको छ : माधवकुमार नेपाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताउनु भएको छ । शुक्रवार काठमाडौंमा आयोजित नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद् नेपाल एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताउनु भएको हो । 

उहाँले जनताको हीत र कल्याणको लागि सुकुम्वासीको समस्या, समावेशिताको राजनीति, समाजवादको यात्रालगायतका धेरै लोकप्रिय कार्यक्रमहरु अघि सारेको बताउनु भयो । अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्याय, अत्याचारको बिरुद्धमा, शोषण उत्पीडनकाबिरुद्धमा, विभेदहरुको बिरुद्धमा, अनेकौँ आन्दोलन, मजदुर, किसान, श्रमजीविको हकहीतको बारेमा विभिन्न कार्यक्रम गरिरहेको पनि बताउनु भयो । उहाँले आफ्नो पार्टीको उदेश्य र लक्ष्य चुनावदेखि चुनावसम्म नभएर जनतादेखि जनतासम्म भएको बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘जनताको हीत र कल्याणको लागि धेरै लोकप्रिय कार्यक्रमहरु पनि अघि सारेका छौँ । सुकुम्वासीको समस्या भनौँ, समावेशिताको राजनीतिका कुरा गरौँ, समाजवादको यात्राका कुरा गरौँ, यी सबै हाम्रा सकारात्मक कुराहरु पनि छन् । अन्याय, अत्याचारको बिरुद्धमा, शोषण उत्पीडनकाबिरुद्धमा, विभेदहरुको बिरुद्धमा, अनेकौँ आन्दोलनहरु,मजदुर, किसान, श्रमजीवि जनतादेखि लिएर युवा, विद्यार्थीहरु, यी सबैले आ–आफ्नो ठाउँमा मोर्चामा सञ्चालित गर्दै अघि बढीरहेका छन् । अहिले हामी जुन राजनीतिक यात्रामा अघि बढेका छौँ, त्यो राजनीतिक यात्रालाई हामीले भनेका छौँ, जनतादेखि जनतासम्म । कसै कसैले त्यसलाई भन्ने गर्दछन्, चुनावदेखि चुनावसम्म । हामी भन्दैनौँ, किनभने हाम्रो उद्देश्य भनेको चुनाव होइन, हाम्रो लक्ष्य भनेको चुनाव होइन, हाम्रो उद्देश्य, लक्ष्य जनता हुन् । जनताका समस्याहरु हुन्, जनताका पीर मर्काहरु हुन् । युवाले भोग्नुपरेका समस्याहरु हुन् । नयाँ पुस्ताले, पुरानो पुस्ताले, आम जनताले मजदुर, किसानले, निम्न पूँजिपति वर्गले, मध्यम वर्गले, यी सबै समुदायले, समाजका विभिन्न वर्ग र तहका वर्गले भोगिरहेका समस्याहरुलाई हामी आफ्नो समस्याको रुपमा लिने गरेका छौँ ।’

अध्यक्ष नेपालले नयाँ पुस्ता, पुरानो पुस्ता, आम जनता, मजदुर, किसान, निम्न पूँजिपति वर्ग, मध्यम वर्गका मानिसहरुले भोगिरहेका समस्याहरुलाई आफ्नो समस्याको रुपमा लिने गरेको बताउनु भयो ।