२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

टिंकर सडकखण्ड निर्माणको समस्या समाधान गर्न सरकारलाई निर्देशन

टिंकर सडकखण्ड निर्माणको समस्या समाधान गर्न सरकारलाई निर्देशन
अ अ+ अ-

काठमाडौँ । विकास तथा प्रविधि समितिले दार्चुला टिंकर सडकखण्ड निर्माणमा भारतीय पक्षसँग छलफल गरि समस्या समाधान गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । 

शुक्रबार बसेको प्रतिनिधि सभा अन्र्तरगतको विकास तथा प्रविधि समितिले भारतीय पक्षसँग छलफल गरि समस्या समाधान गर्ने वातावरण बनाउन निर्देशन दिएको हो । त्यस्तै समितिले जोखिम लिएर निर्माण कार्यमा काम गर्ने नेपाली सेनालाई चालु आर्थिक वर्ष भित्र लागू हुने गरी जोखिम भत्ताको व्यवस्था गर्न समेत निर्देशन दिएको छ । समिति सभापति कल्याणी खड्काले बैंठकमा बोल्दै दार्चुला टिंकर सडकखण्डको रेखाङकन महाकाली नदिको किनारमा भएकाले अधिकांश स्थानमा ढुङगाको चट्टान फोर्दा ढुङगाका टुक्राहरु सिमापारी जाने भएकाले समय समयमा भारतीय पक्षले काम अगाडि बढाउन अवरोध गरेको बताउनु भयो । अवरोधले काममा समस्या भएकाले भारतीय पक्षसँग समन्वय गरी काम गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको बताउनुभयो । उहाँले सरकारले दुर्गम क्षेत्रमा सडक निर्माणमा काम गर्ने नेपाली सेनालाई जोखिम भत्ताको व्यवस्था गर्न निर्देशन दिनु भयो । समितिले कर्णाली करिडोर तथा दार्चुला सडकखण्ड निर्माणको लागि आवश्यक बजेटको व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।

सभापति खड्काले भन्नुभयो,‘ दार्चुला टिंकर सडकखण्डको रेखाङकन महाकाली नदिको किनारमा भएकाले अधिकांश स्थानमा ढुङगाको चट्टान फोर्दा ढुङगाका टुक्राहरु सिमापारी जाने भएकाले समय समयमा भारतीय पक्षले काम अगाडि बढाउन अवरोध गरी समस्या भएकाले भारतीय पक्षसँग समन्वय गरी काम गर्ने वातावरण बनाउन समिति सरकारलाई निर्देशन दिन्छ । त्यस्तै नेपाली सेनाबाट निर्माणाधिन सडकहरु भौगोलिक रुपमा विकट तथा कडा चट्टानहरुबाट जोखिम पूर्ण हुने भएकाले यहि चालु आर्थिक वर्षभित्र लागू हुने गरी निर्माण कार्यमा काम गर्ने सकल दर्जालाई प्रोसाहान स्वरुप जोखिम भत्ताको व्यवस्था गर्न समिति सरकारलाई निर्देशन दिन्छ। त्यस्तै कर्णाली करिडोर तथा दार्चुला टिंकर सडकखण्डमा आवश्यक पर्ने बजेट विनियोजन गरी निर्वाद रुपमा विकास निर्माणका काम सुचारु गर्ने आवश्यक व्यवस्था मिलाउन तथा विकास निर्माणमा खटिने जनशक्तिको अभाव देखिएकाले आवश्यक जनशक्ति तत्काल परिपूर्ति गर्न समिति सरकारलाई निर्देशन दिन्छ । त्यस्तै,समितिले स्थलगत अध्ययन अवलोकन भ्रमण प्रतिवेदन २०७८ माथि छलफललाई आवश्यक परिर्वतन गरिएका विषयहरु कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिन्छौं ।’

समितिले सरकारलाई समितिले स्थलगत अध्ययन अवलोकन भ्रमण प्रतिवेदन २०७८ माथि छलफललाई आवश्यक परिर्वतन गरिएका विषयहरु कार्यान्वयन गर्न सरकारलाई निर्देशन समेत दिएको छ ।