२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना News Polar वागमतीमा सरकार बनाउने उज्यालो नेपालको दाबी, संघीय सरकारको नेतृत्व गर्ने लक्ष्य News Polar भोटेकोशी–त्रिशूली विपद् : तत्काल बेलीब्रिजदेखि अस्थायी आवाससम्मको माग News Polar भोटेकोशी–त्रिशूली विपद्को कारणबारे वैज्ञानिक अनुसन्धान गर्न सांसद लामाको माग News Polar पोखरा महानगरको पुरानो प्रशासनिक भवन भत्काउन सुरु, ६५ करोडमा नयाँ भवन बनाउने तयारी News Polar मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कस्ले के–के भने ? News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड

एमसीसी सम्झौता बिरुद्ध नेमकिपा सडकमा (फोटो फिचर)

एमसीसी सम्झौता बिरुद्ध नेमकिपा सडकमा (फोटो फिचर)
अ अ+ अ-

काठमाडौं । एमसीसी सम्झौंता राष्ट्रघाती भएको निष्कर्षमा पुगेको नेपाल मजदुर किसान पार्टीले सो सम्झौंता संसदमा पेश समेत नगर्न सरकार र सांसदहरुलाई दवाव दिँदै खवरदारी सभा गरेको छ । 

शुक्रबार काठमाडौंको नयाँबानेश्वर चोकमा नेपाल मजदुर किसान पार्टीले सो सम्झौंता संसदमा पेश नगर्न दवाव दिँदै खवरदारी सभा गरेको हो । सभामा बोल्दै पार्टीका नेता प्रेम सुवालले सो सम्झौंता राष्ट्रघाती भन्दै संसदमा पेश गर्न नदिन सांसदहरुलाई अपिल गर्नु भयो । उहाँले सो सम्झौंता खारेज नभएसम्म आफूहरुले आन्दोलन जारी राख्ने चेतावनी दिनु भयो । नेता सुवालले एमसीसी सम्झौंता संसदबाट पारित भए भारत र अमेरीकी सेनाको नेपाल परेडस्थल बन्ने र एक सेकेन्डमै नेपाल ध्वस्त हुने दावी समेत गर्नु भयो । उहाँले एमसीसी सम्झौंता गरेर देशलाई घात गर्नेहरुलाई सबैले चिन्नुपर्ने पनि बताउनु भयो ।

नेता सुवालले भन्नुभयो,‘देश घात गर्ने एमसीसी सम्झौंता गर्ने शासकहरुलाई चिन्नुपर्छ , र ती दलका इमान्दार सांसदहरुलाई हामी भन्न चाहन्छौं–यो संसदमा पेश गर्न नदिनु होला । र यसलाई पास गर्नु हुन्न । यसलाई कार्यान्वयन गर्नु हुन्न । एमसीसीलाई श्रीलंकाले जसरी राष्ट्रिय सुरक्षामा खतरा हुने भन्ने निष्कर्ष निकालेर खारेज गरे । त्यसरी नै हामी नेपालले पनि यो सम्झौंतालाई खारेज गर्नु आवश्यक छ । यो सम्झौंता खारेज नभएसम्म नेपाल मजदुर किसान पार्टीले नेपाली जनतासँग मिलेर यो सम्झौंतालाई खारेज गराउनका लागि संघर्ष चालू राख्नेछ ।’ नेता सुवालले श्रीलंकाले एमसीसी सम्झौंता राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको निष्कर्ष निकाल्दै खारेज गरेजस्तै नेपालले पनि खारेज गर्नुपर्ने बताउनु भयो । खवरदारी सभामा देशघाती एमसीसी सम्झौंता खारेज गरलगायतका नाराबाजी लगाउँदै प्रर्दशन गरिएको थियो ।