१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्ट्समाउथलाई हराउँदै आर्सनल क्वार्टरफाईनलमा



अ+ अ-

एफ ए कपको क्वार्टरफाईनलमा आर्सनल प्रवेश गर्न सफल रहेको छ । आईतबार राति भएको पाँचौ चरणको खेलमा आर्सनलले पोर्ट्समाउथलाई २–० गोल अन्तरले पराजित गरेको हो । यो संगै आर्सनलले अन्तिम ८ मा स्थान बनाएको छ । आर्सनललाई जित दिलाउन एडी नेकेथिया र स्रोक्राटिसले एक एक गोल गरेका थिए ।

स्रोक्राटिसले पहिलो हाफको ईन्जुरी समयमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । खेलको ५१ औं मिनेटमा एडी नेकेथियाले आर्सनलको अग्रता दोब्बर बनाउने काम गरे ।

दोस्रो हाफमा आर्सनलले राम्रो खेल प्रर्दशन गरेको थियो । उनीहरुले घरेलु मैदानमा पछिल्लो १९ खेलमा अपराजित टिमलाई हराएका थिए । अझ पोर्ट्समाउथको पछिल्लो १० खेलको अपराजित यात्रामा समेत पुर्णविराम लागेको छ ।