३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति

किरण थापालाई समर्थनबारे बुझाइएको पत्र आधिकारिक नभएको राप्रपाको स्पष्टोक्ति
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशमा नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्री बनाउन राप्रपाका सांसदहरूको समर्थन रहेको भन्दै बुझाइएको पत्रप्रति आफ्नो सहमति नरहेको स्पष्ट पारेको छ ।

राप्रपाका महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले बुधबार बागमती प्रदेशका प्रदेश प्रमुखलाई पत्र पठाउँदै पार्टीको निर्णय र निर्देशनबिना बुझाइएको उक्त पत्रलाई मान्यता नदिन आग्रह गर्नुभएको हो ।

राप्रपाको २०८३ साउन २० गते बसेको कार्यसम्पादन समिति बैठकले वर्तमान परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको पत्रमा उल्लेख छ । प्रदेश सरकार गठनका सम्बन्धमा निर्णय गर्नुपर्ने अवस्था सिर्जना भए पार्टीको बृहत्तर हितलाई ध्यानमा राखी उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्षलाई दिइएको पनि राप्रपाले जनाएको छ ।

त्यस्तै, बागमती प्रदेशसभामा सरकार निर्माणसम्बन्धी मतदान तथा समर्थन प्रक्रियामा अर्को निर्देशन प्राप्त नभएसम्म तटस्थ रहन पार्टीले संसदीय दलका नेतालाई निर्देशन दिएको राप्रपाको भनाइ छ ।

यस्तो अवस्थामा पार्टीको कुनै निर्णय वा निर्देशनबिना एमालेका किरण थापालाई मुख्यमन्त्रीमा समर्थन रहेको भन्दै पत्र बुझाइएको भन्दै राप्रपाले त्यसमा पार्टीको सहमति नरहेको जनाएको हो ।

राप्रपाले प्रदेश प्रमुखसमक्ष उक्त पत्रलाई मान्यता नदिन आग्रह गर्दै पार्टीको आधिकारिक निर्णय र निर्देशनअनुसार मात्रै प्रदेशसभामा समर्थन वा मतदानको प्रक्रिया अघि बढ्ने स्पष्ट पारेको छ ।