१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा

कोरोनाको त्रास: राष्ट्रिय-अन्तर्राष्ट्रिय कार्यक्रम नै बिथोलियो

कोरोनाको त्रास: राष्ट्रिय-अन्तर्राष्ट्रिय कार्यक्रम नै बिथोलियो
अ अ+ अ-

काठमाडौं । नेपालस्थित कूटनीतिक समुदायले पूर्वनिर्धारित कार्यक्रम स्थागित गरेका छन्। अमेरिकी दूतावासले २४४ औं स्वतन्त्रता दिवसका अवसरमा फोहोरा दरबारमा शुक्रबार मनाउन लागेको कार्यक्रम स्थगित गरेको छ। कतारले चन्द्रगिरीमा गर्न आइतबार लागेको फुड फेस्टिबल स्थगन गरेको छ। विभिन्न ८२ मुलुक सहभागी रहने दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन पनि स्थगित भएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका कूटनीतिज्ञलाई अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी नहुन यसअघि नै आग्रह गरेका छन्।

नेपाल सरकारले पनि ठूला जमघट हुने कार्यक्रम नगर्न आग्रह गरेको छ। विदेश भ्रमणको तयारीमा रहेका मन्त्री, सांसद र कर्मचारीले कार्यक्रम स्थगित गरेका छन्। संसारभर यस्ता कार्यक्रम स्थागित भइरहेका छन। राष्ट्रसंघका महासचिव गुटेरेसले न्युयोर्क र अन्य मुलुकमा तय गरेका कार्यक्रम रद्द गराएका छन्। गुटेरसले मुख्य कार्यक्रम छोट्याउन र सहायक कार्यक्रम रद्द गर्न सुझाव दिएका छन्। राष्ट्रसंघकी प्रवक्ता स्टेफनी डुजारिकले विश्वभर कोरोना भाइरस फैलिएका कारण राष्ट्रसंघले सम्पूर्ण ध्यान त्यसतर्फ केन्द्रित गरेको बताएकी छन्।

चर्को आर्थिक अभाव भोगिरहेको राष्ट्रसंघले यसअघि पनि ठूला कार्यक्रम नगर्न र यात्रा नगर्न आफ्ना कर्मचारीलाई निर्देशन दिएको थियो। एसिया र प्रशान्त क्षेत्रमा शान्ति र निःशस्त्रीकरणका लागि संयुक्त राष्ट्रसंघ क्षेत्रीय केन्द्र (यूएनआरसीपीडी) ले काठमाडौंमा बुधबारदेखि तीनदिने कार्यक्रम गर्दै छ। सम्मेलनको तयारी पूरा भएको र पाहुना आइसकेकाले छोटो रूपमा कार्यक्रम सकिने बताइएको छ।

तीन हजार बढीको निधन: कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसबाट विश्वका तीन हजार बढी व्यक्तिको निधन भइसकेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ भाइरस संक्रमण विश्वका ६३ मुलुकमा फैलिएको जनाएको छ। विश्वभर ९० हजारभन्दा बढीलाई भाइरस संक्रमण भएको छ। भाइरस डिसेम्बरमा चीनको हुपई प्रान्तबाट फैलिएको थियो। इरानमा २३ सांसदलाई भाइरस आक्रमण भएको छ भने ७७ जनाको ज्यान गइसकेको छ।

डब्लूएचओका महानिर्देशक ट्रेडोसमा एडानोम गेहब्रेयससले भनेका छन्, ‘यो भाइरस आफ्नो देशमा भित्रिँदैन भनेर कोही ढुक्क नहुनू, सतर्कता अपनाउनू।’ इटाली, बेलायत, जर्मनी, फ्रान्स, इटाली, स्पेन र अत्यधिक तापक्रम रहने खाडी मुलुकमा समेत यसको संक्रमण देखिएको छ। डब्लूएचओले दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तानमा कोरोना संक्रमणको खतरा उच्च रहेको भन्दै जोखिम व्यवस्थापनमा लाग्न आग्रह गरेको छ।

जापानमा विद्यालय बन्द:जापानले सोमबारदेखि मुलुकभरका सार्वजनिक विद्यालय बन्द गरेको छ। प्रधानमन्त्री सिन्जो आबेले त्यहाँका सार्वजनिक विद्यालयलाई अस्थायी रुपमा बन्द गर्न निर्देशन दिएका हुन्। कम्तीमा एक महिना विद्यालय बन्द हुनेछ। घरमा रहने बालबालिकालाई बाहिर निस्किन नदिन र घरैमा बस्न लगाउन अभिभावकलाई आग्रह समेत गरिएको छ। साउदी अरेबियाले इस्लाम धर्मालम्बीहरूको पवित्रस्थल मक्का र मदिना तथा अन्य धार्मिक स्थल भ्रमणमा रोक लगाएको छ। अन्नपुर्णपोष्ट दैनिक