१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध

देशभरको तापक्रम उकालो लाग्दै

देशभरको तापक्रम उकालो लाग्दै
अ अ+ अ-

काठमाडौँ । काठमाडौंसहित देशभर तापक्रम उकालो लाग्न थालेको छ । बुधबार काठमाडौंमा अधिकतम तापक्रम २३.५ डिग्री सेल्सियस रेकर्ड भएको छ । काठमाडौंमा आइतबार तापक्रम बढ्न सुरु भएको हो । बुधबार धनगढीमा २९, दिपायलमा २७.२, वीरेन्द्रनगरमा २५.८, नेपालगन्जमा २८.६, दाङमा २५.७, पोखरामा २४.५, भैरहवामा २८.७, सिमरामा २९ र विराटनगरमा २८.६ डिग्री रेकर्ड भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार मुलुकभरि नै न्यूनतम र अधिकतम तापक्रम बढ्दै गएको छ । १ मार्च (फागुन १८) देखि देशैभर तापक्रम बढेको हो ।

जानकारहरूका अनुसार ४ देखि १० डिग्रीसम्म तापक्रम भएको क्षेत्रमा कुनै पनि भाइरस लामो समयसम्म बाँच्न सक्छ । ३० डिग्री हाराहारी तापक्रम पुगेपछि त्यस्ता भाइरस आफैं निष्क्रिय हुँदै जान्छन् । उच्च आर्द्रतालाई भाइरसले मन पराउँदैन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि उच्च तापक्रम भएको क्षेत्रमा भाइरस लामो समय बाँच्न नसक्ने उल्लेख गरेको छ । मार्च, अप्रिल, मे र जुन तापक्रम बढी हुने महिना हुन् । मार्चमा काठमाडौंमा औसत २५ देखि ३३ डिग्रीसम्म तापक्रम रेकर्ड हुने गरेको देखिन्छ ।

काठमाडौंको तापक्रम सन् २०१० मार्च २४ मा ३३ डिग्रीसम्म रेकर्ड भएको छ भने सन् १९८९ मे ७ मा ३६.६ डिग्रीसम्म थियो । मौसमविद् पौडेलका अनुसार पोखरामा पनि मार्चमा तापक्रम अधिक रेकर्ड हुने गरेको देखिन्छ । सन् २०१३ मार्चमा त्यहाँको तापक्रम ३८.५ डिग्रीसम्म पुगेको थियो । सन् १९९२ मार्चमा पोखराको तापक्रम ३५ डिग्री थियो । नेपालगन्जमा मार्च र अप्रिल महिनाको तापक्रम करिब ४० डिग्री हाराहारी रेकर्ड हुने गरेको छ । सन् २००४ मार्च २३ मा नेपालगन्जको तापक्रम ३९.८ डिग्री रेकर्ड भएको थियो भने डडेलधुरामा सन् २०१२ मार्चमा ३४.३ डिग्रीसम्म तापक्रम पुगेको देखिन्छ ।

महाशाखाका अनुसार धनगढीमा मार्च, अप्रिल र जुनमा ४० डिग्री हाराहारी तापक्रम रेकर्ड हुने गरेको छ । सन् १९९५ मार्च ५ मा त्यहाँको तापक्रम ४६.४ डिग्रीसम्म रेकर्ड भएको छ । विराटनगर, जनकपुर, धनकुटालगायत क्षेत्रको तापक्रम पनि मार्चदेखि उकालो लाग्ने गरेको छ । सन् १९८६ मार्च ३० मा विराटनगरको तापक्रम ३९.२ डिग्रीसम्म रेकर्ड भएको थियो ।

नयाँ प्रणाली भित्रिँदै:महाशाखाका अनुसार भूमध्यसागरबाट इरान हुँदै बिहीबारसम्म नेपालको पश्चिम भागमा नयाँ मौसमी प्रणाली भित्रिँदै छ । उक्त प्रणाली बुधबार इरान, अफगानिस्तान, पाकिस्तान हुँदै भारतीय वायुमण्डलसम्म आइपुगेको छ । त्यो प्रणाली बिहीबार मुलुकको पश्चिमी भागमा प्रवेश हुने महाशाखाले उल्लेख गरेको छ ।

उक्त प्रणालीका कारण आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन हुने, चट्याङ पर्ने, हावाहुरी चल्ने र असिनासहित वर्षा हुने महाशाखाले प्रक्षेपण गरेको छ । हिमाली भागमा हिमपातको समेत सम्भावना छ । आइतबारदेखि देशभरको मौसममा सुधार आउनेछ । कान्तिपुर दैनिक