२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएल: सुदूरपश्चिमको लगातार दोस्रो जित, पोखरा पुनः निराश



अ+ अ-

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले हराएको हो ।

१९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ८ विकेटको क्षतिमा १७५ रनमात्रै बनायो । पोखराले खराब सुरुवात गर्यो । पावरप्ले मै टोलिले तीन विकेट गुमायो ।

ओपनर पनि चल्न सकेनन् । आडम रोसिङ्टन १ रनमा आउट हुँदा अर्का ओपनर दिनेश खरेल ६ रनमै पेभेलियन फर्किए ।

कप्तान कुशल भुर्तेलले अर्धशतकीय पारी खेलेपनि टोलीको हार टार्न सकेनन् । उनले ३२ बलमा ५३ रनको योगदान दिए ।  जिम्मी निशमले ४७ रन जोडे । २५ बल खेलेका उनले ५ छक्का र दुई चौका प्रहार गरे । डान डाउथवेटले ३७ रन जोडे ।

वलिङतर्फ सुदूरपश्चिमका हरमित सिंहले दुई विकेट लिए भने नरेन साउ, दिपेन्द्र सिंह ऐरी, अभिनाश बोहरा, हेमन्त धामी र स्कट कुग्लेजिनले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेटको क्षतिमा १९३ रन जोड्यो ।

उसका लागि जोस ब्राउनले ६८ रनको योगदान दिए । ३५ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे । यस्तै विनोद भण्डारीले ४३ रनको योगदान दिए भने क्रीश लिनले ३१ रन जोडे । १३ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । यस्तै, दिपेन्द्र सिंह ऐरीले १५ रन जोडे ।

वलिङतर्फ पोखराका जेम्स निशमले तीन तथा डान डाउथवेट र आकश चन्दले दुई दुई विकेट लिए ।

पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग ५३ रनले पराजित भएको थियो भने सुदूरपश्चिमले काठमाण्डु गोर्खाजलाइ २९ रनले हराएको थियो ।