११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

चीनमा नेपाली जडिबुटीको संभावना र भविष्य वारे विमर्श

चीनमा नेपाली जडिबुटीको संभावना र भविष्य वारे विमर्श
अ अ+ अ-

चीन:  नेपालले अन्तर्राष्ट्रिय स्तरको पहिलो खुनमिङ चिनियाँ औषधीजन्य सामग्री उद्योग एक्स्पो २०२६ मा नेपाली जडिवुटीको प्रदर्शन सहित सहभागिता जनाएको छ । उक्त प्रदर्शनी मेलाको उद्घाटन शत्रमा नेपालका तर्फबाट  बेइजिङस्थित नेपाली राजदूतावासकी इकोनोमिक मिनिस्टर पार्वती अर्यालले ‘नेपालको जडिवुटीमा चिनियाँ प्रविधिको महत्व’ विषयक विस्तृति प्रस्तुति दिएकी छन्।

अगष्ट १४ तारिख (साउन २९ गते) शुक्रबार भएको उद्घाटन शत्रमा चिनियाँ र विदेशी गरी करिव एक हजार सरकारी अधिकारी, कुटनीतिज्ञ, अनुसन्धानकर्ता एवं  जडिवुटी सम्वद्द व्यवसायी र लगानीकर्ताहरु सहभागी थिए। चीनको युन्नान प्रदेशस्तरीय कृषि विभागका महानिर्देशक ली यानले संयोजन गरेको उक्त कार्यक्रममा प्रमुख अतिथी चिनियाँ कम्युनिष्ट पार्टी युन्नान प्रान्तीय उपसचिव तथा उप गभर्नर वाङ्ग शियाङआङ थिए। कार्यक्रममा विशेष अतिथिका रुपमा विभिन्न विभाग र अनुसन्धान केन्द्रका उच्च सरकारी अधिकारीहरुले आआफ्नो क्षेत्रमा केन्द्रित प्रस्तुति दिएका थिए।

चीनले दक्षिण एशियाका लागि गेटवेको रुपमा विकास गरेको युन्नान  खुन्मिङ अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा सम्पन्न भएको हो।  उद्घाटन शत्रपछि शुरु भएको मेला आगामी ३ दिन सञ्चालन हुनेछ। सो मेलामा नेपालको जडिवुटी व्यवसायी महासंघले नेपालका जडिवुटीजन्य उत्पादनको प्रदर्शनी गरिरहेको छ। कार्यक्रममा चिनियाँ उच्चस्तरीय सरकारी अधिकारीहरुले चीनले जडिवुटीका क्षेत्रमा गरेको प्रगति, युन्नान प्रदेशको सम्भावना र दक्षिण एशियाली देशहरुसँग चीनको साझेदारीका विषयमा मन्तव्य र प्रस्तुति दिएका थिए। विदेशी मुलुकका तर्फबाट भने नेपालका लागि मात्र प्रस्तुतिको अवसर दिइएको थियो।

आयोजक चीनबाहेक नेपाललाई मात्र प्रस्तुतिको अवसर उपलव्ध गराइएकाले पनि कार्यक्रममा नेपाललाई विशेष महत्व दिइएको देखिन्छ। नेपालको प्रस्तुतिमा जडिवुटी नेपालको तुलनात्मक लाभ क्षेत्र रहेको  र चिनियाँ प्रविधि, नवप्रवर्तन तथा लगानीले रूपान्तरणकारी अवसरहरू सिर्जना गर्न सक्ने विषयहरु समेटिएको थियो।

नेपालका प्रस्तुतकर्ता अर्यालले जडीबुटी औषधि, न्युट्रास्युटिकल्स, आरोग्य सम्वद्द वस्तुको उत्पादन, पोषण आहार, प्राकृतिक सौन्दर्य प्रसाधन, र वनस्पतिजन्य स्वास्थ्य समाधानका विश्वव्यापी माग द्रुतगतिमा बढिरहेको बताउदै नेपालमा चिनियाँ  प्रविधि, नवप्रवर्तन र लगानी वढाउन आह्वान गरेकी छन्। प्रस्तुतिकरणका सिलसिलामा अर्यालले नेपालमा लगानीमैत्री नीति र वातावरणको विषय रहेको कुरामा जोड दिइन्।

विश्वव्यापी जडीबुटी औषधि बजार सन् २०२५ मा अमेरिकी डलर २५१.२४ अर्बबाट सन् २०३४ सम्ममा अमेरिकी डलर ५१५.९२ अर्बसम्म पुग्ने प्रक्षेपण गरिएको छ। जसको अनुमानित वार्षिक चक्रवृद्धि वृद्धिदर ८.३७ प्रतिशत रहेको छ। यो वृद्धिले जडीबुटी औषधीजन्य वस्तुहरू बलियो दीर्घकालीन बजार सम्भावना सहितको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय व्यावसायिक क्षेत्रका रूपमा स्थापित हुँदै गएको देखाउँछ।

नेपालको तराईदेखि मध्य पहाड हुँदै हिमाली क्षेत्रसम्मको भौगोलिक विविधताका कारण नेपालसँग जडीबुटी क्षेत्रमा बलियो प्राकृतिक आधार रहेको छ, जसले विभिन्न प्रकारका औषधीय तथा सुगन्धित बिरुवाहरूलाई सहयोग पुर्‍याएको अवस्था छ।  तथ्यांङ्क अनुसार नेपालमा ६,९७३ उच्च वनस्पति प्रजाति, करिब ७०० औषधीय बिरुवाका प्रजाति र परम्परागत रूपमा औषधिका रूपमा प्रयोग हुने करिब २५० प्रजाति रहेका छन्। यो क्षेत्रसँग करिब ३ लाख परिवारको जीविकोपार्जनसँग पनि जोडिएको छ।  जसले जडीबुटी उद्योग विकासलाई आर्थिक र ग्रामीण विकास दुवैको अवसर बढाउने सम्भावना बोकेको छ ।

निर्यात सम्भावित नेपाली वस्तुहरु

नेपालमा उच्च मूल्यका निर्यातयोग्य जडिवुटीजन्य वस्तुहरूमा यार्सागुम्बा, जटामसी, नेपाली कुटकी, सतुवा, ककोली, गनोडर्मा, गुच्छी च्याउ र औषधीय अर्किड पर्दछन्। उच्च परिमाणमा व्यापारिक रूपमा प्रयोग हुने वस्तुहरूमा तेजपत्ता, रिठ्ठो, टिमुर, चिराइतो, अमला, दालचिनी र सुगन्धवाल पर्दछन्। यी कच्चा पदार्थबाट औषधिजन्य ड्रग्स, क्याप्सुल र ट्याब्लेट, हर्बल एक्स्ट्र्याक्ट पाउडर, एसेन्सियल तेल, हर्बल चिया, कस्मेटिक्स तथा स्किन केयर, फंक्शनल फुड र वेलनेस पेय पदार्थ उत्पादनका लागि चीनबाट प्राविधि हस्तान्तरण गर्ने उत्तम अवसर रहेको छ।

धेरै औषधीय तथा सुगन्धित बिरुवाहरू अझै पनि कच्चा वा अर्ध प्रशोधित रूपमा निर्यात हुने गरेकाले प्रयाप्त स्रोत आधार हुँदा हुँदै पनि नेपालले आफ्नो जडीबुटी स्रोतबाट सीमित मूल्य मात्र आर्जन गरिरहेको छ।

नेपाल–चीन जडीबुटी व्यापार

नेपाल–चीन बीचको जडीबुटी व्यापारले पहिले नै स्पष्ट सम्भावना देखाइसकेको छ। नेपाल – चीन जडीबुटी व्यापारमा करिब ५४ प्रजाति रहेका मानिएता पनि चीनको क्वारेन्टाइन तथा भन्सार सन्दर्भ सूचीमा जम्मा १५ प्रजाति मात्र सूचीबद्ध छन्।

नेपालका तर्फबाट दिइएको अर्यालको प्रस्तुतिमा  नेपालको जडिवुटी स्रोत नक्साङ्कन, दिगो खेती, करार खेती, प्राथमिक प्रशोधन, प्रत्यायित प्रयोगशाला परीक्षण, मापदण्डीकरण, प्रमाणीकरण, उत्पादन तर्जुमा, प्याकेजिङ तथा विश्वबजारमा प्रत्यक्ष पहुँच मार्फत साझा भविष्य निर्माण गर्न सकिने विषयमा चीन-नेपालको सहकार्यका लागि अपिल गरिएको छ।