२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहितले स्थापना गरेको विरासतलाई अझ उचाईमा पुर्‍याउनु मेरो जिम्मेवारी होः सन्दीप



अ+ अ-

काठमाडाैँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई शुक्रवार एक औपचारिक कार्यक्रमका बीच बिदाइ गरेको छ ।

आगामी प्रतियोगिताहरूको तयारी र एसिसी प्रिमियर कपमा सहभागिता जनाउन मलेसिया जानुअघि टोलीलाई शुभकामनासहित बिदाइ गरिएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले विगतका खेलहरूमा भएका कमजोरीलाई आत्मसात गर्दै आगामी दिनमा सुधारिएको प्रदर्शन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले पछिल्ला केही वैदेशिक भ्रमणहरू अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै विपक्षीको राम्रो खेल र आफ्ना केही प्राविधिक त्रुटिका कारण नतिजा आफ्नो पक्षमा आउन नसकेको बताउनु भयो ।

नेपाली टोली थप तयारीका लागि भारतको बैंगलोर प्रस्थान गर्दैछ । त्यहाँ १० दिनसम्म चल्ने विशेष प्रशिक्षणले मलेसियाको कन्डिसनमा अभ्यस्त हुन मद्दत पुग्ने कप्तान लामिछानेको विश्वास छ । उहाँले टोलीमा अनुभवी र नयाँ पुस्ताका खेलाडीहरूको राम्रो सम्मिश्रण रहेको र सबै खेलाडीहरू उच्च मनोबलका साथ मैदान उत्रन तयार रहेको जानकारी दिनुभयो ।

नेपालले पहिलोपटक एशिया कप खेल्दाको अनुभव सम्झँदै उहाँले सोही सफलतालाई दोहो¥याउने उद्देश्यका साथ मलेसिया प्रस्थान गर्न लागेको बताउनु भयो ।