११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली

एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली
अ अ+ अ-

काठमाडाैं । एक समय एशियाली खेलकुदमा नेपालका बक्सिङ खेलाडीले सुखद् नतिजा दिएको गर्विलो इतिहास छ ।

सात दशकभन्दा बढी लामो इतिहास बोकेको एशियाली खेलकुदको १९ औं संस्करण सम्पन्न हुँदा नेपालले बक्सिङमा ६ वटा काँस्य पदक जितिसकेको छ ।

जुन नेपाली खेलकुदका लागि यो सफलता दिने दोस्रो ठूलो खेल हो । तेक्वान्दोले एक रजतसहित १४ पदक एशियाली खेलकुदमा जितेको इतिहास छ ।

तर एशियाली खेलकुदमा नेपालका लागि सबैभन्दा राम्रो नतिजा दिने दोस्रो सफल खेल पछिल्ला तीन संस्करणमा नतिजाविहीन बन्दै आएको छ । सन् २०१० को एशियाली खेलकुदयता नेपाली बक्सरले पदक दिलाउन सकेका छैनन् । लामो समयदेखि तयारी र पछिल्ला समय अन्तर्राष्ट्रिय स्तरमा सुखद नतिजा दिलाएकाले यसपल्ट २० औं एशियाली खेलकुदमा नेपाली बक्सिङले पदक जित्ने आशा गरेको छ ।

मिसन २०२६ को नामबाट तत्कालीन सदस्यसचिव टंकलाल घिसिङले गत एशियन गेम्स सकिएलगत्तै यस संस्करणको तयारी गराएका थिए । त्यो तयारी निरन्तरता हुँदा खेलाडीमा पनि आत्मबल बढेको छ । नेपाली टोलीका प्रशिक्षक दीपक महर्जनले पनि लामो समय देखिको तयारी र चन्द्रबहादुर थापाले आइबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपमा जितेको ऐतिहासिक काँस्य पदकले सबैलाई प्रोत्साहित गराएको बताएका छन् ।

पछिल्ला समयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि खेलाडीलाई राम्रो सेवासुविधा दिएकाले थप हौसला बढेको उनको विश्वास छ । दुई जना खेलाडीले तीन वर्षको तयारीमा केही समय छुटाए पनि अन्यले नियमित राष्ट्रिय टोलीमा प्रशिक्षण गर्दै आएको उनी बताउँछन् । उनले चन्द्रबहादुरसँगै अन्य खेलाडीबाट पनि पदक जित्ने आशा गरे । एशियन गेम्सका लागि नेपालका सात बक्सरले जापानमा हुने २० औं एशियाली खेलकुदका लागि भारतको आसामस्थित गुवाहटीमा गर्दैछन् ।

नेपाली खेलाडीले स्पोटर््स अथोरिटी अफ इण्डिया (साइ) अन्तर्गत नेसनल सेन्टर अफ एक्सिलेन्समा ४० दिने प्रशिक्षणमा रहनेछन् । जहाँ विश्व च्याम्पियन बक्सर उत्पादन भइसकेका छन् । नेपाली बक्सिङ टोलीका प्रशिक्षक दीपक महर्जनले त्यो स्थानमा प्रशिक्षणपछि खेलाडीमा थप आत्मबल बढ्ने आशा गरे । भारतका उत्कृष्ट प्रशिक्षक पनि नेपाली खेलाडीको प्रशिक्षण जोडिनेछन् । त्यो प्रशिक्षणले खेलाडीको टेक्निकल रूपमा पनि सुधार आउने उनको विश्वास छ । यसबीच पनि ट्रायल म्याच र स्किल टेस्ट हुने प्रशिक्षक महर्जन बताउँछन् ।

पछिल्लो तीन संस्करण नेपालको बक्सिङ एशियाली खेलकुदमा पदकविहीन रहँदै आएको छ । पछिल्लोपल्ट सन् २०१० को ग्वाङ्झाउ एशियन गेम्समा नेपालले काँस्य जितेका थियो । त्यो एशियन गेम्सका पदक विजेता उनै दीपक महर्जन हुन् । हाल प्रशिक्षकको भुमिका रहेका दीपक आफूले पूरा गर्न नसकेको सपना खेलाडीबाट सम्पन्न गर्ने आशा व्यक्त गरेका छन् । उनले सबैभन्दा धेरै आशा चन्द्रबहादुर राखेका छन् । किनकी चन्द्रले आफूलाई प्रमाणित पनि गरिसकेका छन् । अन्य खेलाडीले पनि पदक जित्ने प्रशिक्षक दीपकको विश्वास छ ।

सबै खेलाडी फिट र उत्साहित रहनु नै महत्वपूर्ण पक्ष रहेको उनी बताउँछन् । जापानको आइची/नागोया शहरमा आगामी असोज ३ गतेदेखि शुरु हुँदैछ । नेपालका चार पुरुष र तीन महिला बक्सरल एसियाली खेलकुदमा चुनौती दिँदैछन् । चन्द्रबहादुरले तयारी राम्रो भएकाले बताए । त्यसैले सबैको आशाअनुरूप पदक जित्नेमा आफू आशावादी रहेको विश्वास व्यक्त गरे । भारतको प्रशिक्षणले थप अनुभव बढ्ने उनको आशा छ । फाइट पार्टनरसँग केही समय खेल्दा आफ्नो स्तर मापन हुने र सुधार गर्ने अवसर मिल्ने चन्द्रबहादुर बताउँछन् ।

त्यहाँको प्रशिक्षणले सबै खेलाडीमा प्रोत्साहन मिल्ने उनको आशा छ । १६ वर्षदेखि एशियन गेम्समा पदकविहीन यात्रामा पूर्णविराम लगाउनेमा खेलाडीहरू पनि विश्वस्त छन् । यसका लागि सबै खेलाडीले धेरै मिहेनत पनि गरेका छन् । एशियाली खेलकुदमा नै पदक जितेका प्रशिक्षक टोलीमा हुँदा उनीहरूमा आत्मबल बढेको छ । प्रशिक्षक दीपक महर्जनभन्दा पनि राम्रो नतिजा दिलाउने लक्ष्यसहित आफूहरूले मिहेनत गरेको खेलाडी रमिशा श्रेष्ठ बताउँछन् ।

पहिलो चरणमा खेलाडी आशावादी र मानसिक रूपमा पदक जित्छौं भन्नेमा विश्वस्त नभए सफल नहुने रमिशाको बुझाइ छ । उनले भारतमा धेरै खेलाडीसँग स्पाइरिङ पार्टनर हुनु आफूहरूका लागि अर्को महत्वपूर्ण पक्ष रहेको उल्लेख गरिन् । बक्सिङमा राम्रो गरेको भारतमा प्रशिक्षण सुखद पक्ष रहेको रमिशाको विश्वास छ । तयारीसँगै एशियन गेम्सका लागि आवश्यक सामग्री पनि समयमा उपलब्ध भए राम्रो हुने उनले बताइन् ।

सात खेलाडीसहित ९ सदस्यीय नेपाली टोली आसाम गइसकेको छ । पुरुष ५५ केजीमुनि चन्द्रबहादुर थापा, ६० केजीमुनि खगेन्द्र रोका मगर, ७० केजीमुनि दानबहादुर दर्लामी र ९० केजीमुनि रविन नेपालले प्रतिष्पर्धा गर्ने छन् । महिला ५१ केजीमुनि रमिशा, ५४ केजीमुनि अस्मिता तामाङ र ६५ केजीमुनि कुसुम तामाङले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोली त्यत्तैबाट जापान जाने तालिका छ । सात खेलाडीमध्ये रविनले दोस्रोपल्ट एसियन गेम्स खेल्न लागेका हुन् । रविनले १९औं एसियाली खेलकुदमा प्रतिष्पर्धा गरेका थिए । नेपाली टोलीको अर्का प्रशिक्षकमा राज श्रेष्ठ छन् ।

दक्षिण कोरियाको सिओलमा सन् १९८६ मा भएको १० औं संस्करणदेखि नेपालको बक्सिङले पदक जितेको हो । त्यसबेला चार काँस्य पदक जितेको थियो । बाँकी दुई संस्करणमा बक्सिङले पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको थियो । सन् १९९० मा चीनको बेइजिङमा भएको ११औं संस्करणमा चित्रबहादुर गुरुङले र पछिल्लोपल्ट दीपकले १६औं संस्करणमा पदकविहीन हुनबाट जोगाएका थिए । उनै दीपक टोलीको प्रशिक्षक रहँदै फरक भूमिकाबाट पदक दिलाउने लक्ष्यमा छन् ।