११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज सार्वजनिक

बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज सार्वजनिक
अ अ+ अ-

काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई) ले चालु आर्थिक वर्षको बजेटमा समावेश निजी क्षेत्र र आर्थिक समृद्धिसँग सम्बन्धित व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

परिसंघले आयोजना गरेको ‘बजेट वाच’ कार्यक्रममा बोल्दै अध्यक्ष वीरेन्द्रराज पाण्डेले नीतिगत घोषणाभन्दा पनि त्यसको परिणाममुखी कार्यान्वयनमा जोड दिनुभएको हो ।

परिसंघले यस वर्ष निजी क्षेत्र र आर्थिक क्षेत्रसँग सम्बन्धित ७० वटा बुँदाहरू पहिचान गरी विस्तृत ‘बजेट वाच’ दस्तावेज तयार पारेको जानकारी दिएको छ ।

उक्त दस्तावेजमा सम्बन्धित निकायको भुमिका, आवश्यक कानूनी तथा नीतिगत सुधार र कार्यान्वयनका चरणहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ ।

ती बुँदाहरूलाई सातवटा क्षेत्रगत विषयमा वर्गीकरण गरी आगामी महिनाहरूमा विषयगत मन्त्रालयहरूसँग छुट्टाछुट्टै संवाद गरिने परिसंघले जनाएको छ । ध्यक्ष पाण्डेले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे चर्चा गर्दै विदेशी मुद्रा सञ्चिति सन्तोषजनक रहेको र बैंकहरूमा पर्याप्त लगानीयोग्य रकम (तरलता) भएपनि बजारमा माग विस्तार हुन नसक्नु मुख्य चुनौती रहेको बताउनु भयो ।

ब्याजदर एकल अंकमा झर्दा समेत बजार माग अपेक्षाकृत रूपमा बढ्न सकेको नसकेको र अहिलेको मुख्य चुनौती भनेको समग्र आर्थिक गतिविधि र बजार मागलाई चलायमान बनाउनु रहेको बताउनु भयो ।  यसका लागि पुँजीगत खर्चको प्रभावकारी कार्यान्वयन नै सबैभन्दा भरपर्दो माध्यम हुने परिसंघको ठम्याइ छ ।

सरकारले चालु आर्थिक वर्षका लागि ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको सन्दर्भमा परिसंघले पूर्वाधार आयोजनाहरूको समयमै सम्पन्नता, सार्वजनिक खर्चको गुणस्तरमा सुधार र निजी लगानीलाई प्रोत्साहन गर्ने वातावरण निर्माण हुनुपर्नेमा जोड दिएको छ । मन्त्रालयगत निर्णय प्रक्रियालाई तिब्र बनाउनु यसका लागि अपरिहार्य रहेको अध्यक्ष पाण्डेले उल्लेख गर्नुभयो ।

अध्यक्ष पाण्डेले भन्नुभयो, ‘ गत आर्थिक वर्षदेखि नेपाल उद्योग परिसंघले बजेटमा समावेश व्यवस्थाहरूको स्पष्ट खाका, आवश्यक कानूनी सुधार र कार्यान्वयनका चरणसहित ‘बजेट वाच’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि निजी क्षेत्र र आर्थिक समृद्धिसँग सम्बन्धित ७० वटा बुँदा पहिचान गरी सम्बन्धित निकायको भुमिका तथा आवश्यक कानूनी र नीतिगत सुधार समेटिएको विस्तृत बजेट वाच दस्तावेज तयार गरिएको छ । यी बुँदालाई सात क्षेत्रगत विषयमा वर्गीकरण गरी आगामी महिनाहरूमा संवाद कार्यक्रम सञ्चालन गरिनेछ । श्रीमान मुख्य सचिवज्यू तथा सचिवज्युहरू, अर्थतन्त्र अझै पूर्ण रूपमा लयमा फर्किसकेको छैन । विदेशी मुद्रा सञ्चिति सन्तोषजनक छ, बैंक तथा वित्तीय संस्थामा पर्याप्त लगानीयोग्य स्रोत छ र ब्याजदर एकल अंकमा झरेको छ । तर समग्र बजार माग अपेक्षाअनुसार विस्तार हुन सकेको छैन । अहिलेको प्रमुख चुनौती आर्थिक गतिविधि र बजार मागलाई चलायमान बनाउनु हो । यसका लागि पुँजीगत खर्चको प्रभावकारी कार्यान्वयन सबैभन्दा भरपर्दो माध्यम हो । चालु आर्थिक वर्षको बजेटले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। यो लक्ष्य हासिल गर्न पूर्वाधार आयोजना समयमै सम्पन्न गर्नु, सार्वजनिक खर्चको गुणस्तर सुधार गर्नु, निजी लगानीको वातावरण बनाउनु र मन्त्रालयगत निर्णय प्रक्रियालाई तीव्र बनाउनु आवश्यक छ । सरकारले निजी लगानी, औद्योगिक तथा उत्पादनमूलक क्षेत्र, पूर्वाधार विकास र सार्वजनिक–निजी साझेदारीलाई प्राथमिकता दिएको छ । यी घोषणा सकारात्मक छन् । तर निजी क्षेत्रका लागि घोषणाभन्दा कार्यान्वयन महत्त्वपूर्ण हुन्छ। विगतका अनुभवबाट सिक्दै अब नीति, योजना र कार्यक्रमको परिणाममुखी कार्यान्वयनमा जोड दिनुपर्छ । नेपाल उद्योग परिसंघ सरकारसँग नजिकबाट सहकार्य गर्न पूर्ण रूपमा तयार छ । बजेट कार्यान्वयन, निजी क्षेत्रको प्रतिक्रिया, क्षेत्रगत सुझाव तथा समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयसँग नियमित संवाद गर्न हामी इच्छुक छौँ । विशेषगरी सचिव, सहसचिव तथा विभागीय प्रमुखज्यूहरूसँग अझ सघन सहकार्यको अपेक्षा राखेका छौँ ।’

बजेटमार्फत घोषणा गरिएका औद्योगिक तथा उत्पादनमूलक क्षेत्रको प्राथमिकता र सार्वजनिक–निजी साझेदारीका कार्यक्रमहरू सकारात्मक भएपनि विगतमा कार्यान्वयन पक्ष कमजोर हुँदा अपेक्षित परिणाम आउन नसकेको परिसंघको विश्लेषण छ ।

बजेट कार्यान्वयनका लागि आवश्यक समन्वय र समस्या समाधान गर्न परिसंघले सरकारका मुख्यसचिव विभिन्न मन्त्रालयका सचिव तथा विभागीय प्रमुखहरूसँग सघन सहकार्य गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

यसैबीच, नेपाल उद्योग परिसंघले नेपालको अर्थतन्त्रलाई १०० अर्ब डलरको आकारमा पु¥याउन सम्भव रहेको भन्दै एक विस्तृत अध्ययन प्रतिवेदन तयार पारेको छ ।

उत्पादन, ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि, पूर्वाधार र निर्यात जस्ता क्षेत्रमा लक्षित सुधार र लगानीमार्फत आर्थिक रूपान्तरण हासिल गर्न सकिने उक्त अध्ययनको निष्कर्ष छ । परिसंघले सो अध्ययन प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ । –न्युज एजेन्सी नेपाल