११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु

मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु
अ अ+ अ-

काठमाडौँ। नेपालका उच्च हिमाली क्षेत्रमा स्वच्छ उर्जा प्रविधि प्रवद्र्धन गर्ने उद्देश्य साथ हिमालयमा स्वच्छ तापका लागि नवीकरणीय ऊर्जा प्रवद्र्धन परियोजना (हार्नेसिङ रिन्युएबल इनर्जी फर क्लिन हिटिङ इन द हिमालय ) शुरु भएको छ ।

यो परियोजना मुस्ताङको घरपझोङ गाउँपालिकामा सञ्चालन हुनेछ । परियोजनाले त्यहाँको स्थानीय ६५ घरधुरी र पाँच वटा संस्थासँग मिलेर परम्परागत जैविक इन्धनमा निर्भर नरही भरपर्दो उर्जा उपलब्ध गराउन सक्ने स्वच्छ उर्जा प्रविधिको पहिचान, परीक्षण र प्रवद्र्धन गर्नेछ ।

वातावरणीय प्रभाव न्युनिकरण गर्नुका साथै हिमाली समुदायको स्वास्थ्य, जीवनस्तर र जलवायु उत्थानशीलता अभिवृद्धिमा योगदान पु¥याउने विश्वास लिइएको छ ।

नेपालका उच्च हिमाली क्षेत्रका धेरै परिवार कठोर र लामो जाडोमा न्यानो रहन अझै दाउरा तथा अन्य जैविक इन्धनमा निर्भर छन् । यस्ता इन्धनले घरभित्रको वायुप्रदूषण बढाउनुका साथै कालो कार्बन उत्सर्जनमा योगदान पु¥याउने र त्यसले हिन्दूकुश हिमालय क्षेत्रमा हिउँ तथा हिमनदी पग्लिने प्रक्रियालाई तीव्र बनाउदै आएका छन् ।

परियोजना शुरु भएको जानकारी दिन गरिएको कार्यक्रममा घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले दाउरा माथिको निर्भरता दीर्घकालीन समाधान नभएकाले दिगो उर्जा समाधानको लागि यस्ता परियोजनाहरु हिमाली क्षेत्रमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो ‘स्वच्छ उर्जा प्रविधिमा गरिने लगानी स्वास्थ्य र आर्थिक समृद्धि दुवैका हिसाबले उत्तिकै महत्वपूर्ण छ । हाम्रा गाउँहरूमा उर्जा दैनिक जीवनको अत्यावश्यक हिस्सा हो । खाना पकाउन मात्र नभई दैनिक कामकाज गर्न र विशेषगरी जाडो मौसममा सहज जीवनयापनका लागि पनि यसको आवश्यकता पर्छ । तर दाउरा दिगो समाधान होइन भन्ने बुझाइ विकास गर्न आवश्यक छ । स्वच्छ उर्जा प्रविधिमा लगानी स्वास्थ्य र आर्थिक कल्याण दुवैका लागि उत्तिकै महत्वपूर्ण छ भन्ने विषयमा समुदायमा जनचेतना बढाउनुपर्छ । अर्को चुनौती भनेको उर्जा उपकरण बिग्रँदा त्यसको मर्मत वा प्रतिस्थापन गर्न कठिन हुनु हो । किनभने ग्रामीण क्षेत्रमा आवश्यक प्राविधिक सीप र सेवा सहज रूपमा उपलब्ध हुँदैनन् । समुदायलाई आवश्यक न्यानोपन उपलब्ध गराउँदै स्वच्छ र दिगो उर्जा समाधानलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो परियोजना सही समयमा आएको छ, ।’

परियोजनाबाट स्वच्छ उर्जा प्रविधिसम्बन्धी महत्वपूर्ण प्रमाण र सिकाइहरू प्राप्त हुने अपेक्षा गरिएको छ । इसिमोडले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र प्राक्टिकल एक्शन नेपालसँगको सहकार्यमा क्लिन एयर फन्डको आर्थिक सहयोगमा परियोजना शुरु गरेको हो ।–न्युज एजेन्सी नेपाल