३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतमा कोरोनाबाट २४ घण्टामा १० जनाको मृत्यु



अ+ अ-

बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट १० जनाको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या हाल २१ पुगेको छ । बेलायतमा मृतकका संख्यामा एकैदिन दोब्बरले वृद्धि भएको हो ।

बेलायतको प्रमुख स्वास्थ्य सल्लाहकारले मृतक सबैजना उच्च जोखिममा रहेको जानकारी दिए ।बेलायतमा ३७ हजार ७ सय ४६ व्यक्तिको स्वास्थ्य परीक्षण गरिएकोमध्ये १ हजार १ सय ४० मा संक्रमणको पुष्टि भएको छ ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाले बिरामीको उपचारका लागि शैय्या र भेन्टिलेटर थप्ने जानकारी दिएको छ ।