९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंसिर १८ गतेबाट प्रदर्शन हुँदै ‘अभिमन्यु: च्याप्टर–१’



अ+ अ-

काठमाडौं। चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले रिलिज डेट लक गरेको छ । निर्माणपक्षका अनुसार अब यो चलचित्र मंसिर १८ गते रिलिज हुनेछ ।

पटकपटक प्रदर्शन मिति तय गरेर पनि स्थगन भएको चलचित्रले नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति तय गरेको हो । जेनजी आन्दोलन, बाढी पहिरो तथा अन्य चलचित्रको बाक्लो लाइनअपका कारण यो सिनेमा यसअघि पूर्वनिर्धारित मितिमा प्रदर्शन हुन सकेको थिएन ।

नयाँ पोस्टरमा चलचित्रका अधिकांश कलाकारलाई देख्न सकिन्छ । पोस्टरमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देललाई देख्न सकिन्छ । जसलाई क्यारेक्टर पोस्टरमा फिचर्ड छन् ।

“हामीले अब मंसिर १८ गते प्रदर्शनमा आउने निर्णय गर्‍यौँ,” निर्माता विनोद पौडेलले भने, “सबैको सल्लाह र सुझाव अनुसार यो मितिमा आउने निर्णय गरेका हौँ ।” उनले सबैको सहयोगका अपेक्षा समेत गरेका छन् ।

चलचित्र ‘अभिमन्यु ः च्याप्टर १’को मुख्य भूमिकामा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देललगायत कलाकार मुख्य भूमिकामा छन् ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु ः च्याप्टर १’को क्रिएटिभ निर्देशक मदन थापा छन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।

‘अभिमन्यु ः च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । यो सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।

शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेको छ ।