२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीभित्र लोकप्रिय तर जनतामा अलोकप्रिय पात्र नेतृत्वमा राख्ने दलहरुको प्रवृत्ति अन्त्य गरिनुपर्छः नेता पौडेल



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले दलहरुको गम्भीर त्रुटीको कारण मुलुक राजनीति संकटबाट गुज्रिरहेको भन्दै दलहरु सच्चिनुको विकल्प नभएको टिप्पणी गर्नुभएको छ ।

बुधवार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले दलहरुले एउटै नेतृत्वलाई निरन्तरता दिएर राज्यसत्तामा पु¥याउने प्रवृत्तिका कारण मुलुकमा विद्यमान समस्याको हल हुन नसकेको बताउनु भयो । उहाँले जनतामा अलोकप्रिय पात्रलाई पार्टीभित्र लोकप्रिय भएकै कारण नेतृत्वमा निरन्तरता दिन नहुनेमा जोड दिनुभयो । उहाँले जेन–जी पुस्ताले संवैधानिक आयोगहरुमा राजनीतिक नियुक्ति गर्न नहुने माग अघि सारेको स्मरण गर्दै सोहिअनुरुप व्यवहार गर्न जरुरी रहेको पनि बताउनु भयो । राजनीतिक दलहरुले संविधानअनुरुप व्यवहार नगरिरहेको आरोप पनि लगाउनु भयो । उहाँले संविधानमा लेखिएका विषयमा नभई दलहरुको व्यवहारमै समस्या रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पुराना राजनीतिक दलहरुमा त्रुटी देखिएको छ । सच्चिनुपर्ने आवश्यकता देखिएको छ । मुख्यगरी दलको नेतृत्व लामो समयदेखि राज्यसत्तामा बसेर शक्तिशाली बनिरहेको छ त्यही नेतृत्वलाई निरन्तरता दिने प्रयास दलहरुले प्रयोग गरेको स्थिति छ । पार्टीमा नेतृत्व लोकप्रिय हुने जनतामा उक्त नेतृत्व अलोकप्रिय हुने पार्टीमा नेतृत्वलाई निरन्तरता दिई लोकप्रिय राखिराख्नको लागि जनताका आवाजहरु उठाइरहनु नपर्ने हो कि ? त्यो एउटा गम्भीर प्रश्न छ । यो जेनजी आन्दोलनले नै संवैधानिक नियुक्तिहरु राजनीति ढंगले हुनु भएन भन्ने माग अघि सार्नुभयो । कुरा के हो त भन्दा संविधानअनुरुप दलहरुले व्यवहार गरिरहेका छैनन् । संविधानकै लेखिएका कुराहरु समस्या हुनभन्दा पनि व्यवहार समस्या हो । त्यसकारण दलहरुको प्रवृक्ति परिवर्तन गर्न आवश्यक छ । अझैपनि परिवर्तनको लागि लेखिने त डकुमेन्ट नै हो । ती लेखिएका कुराहरु व्यवहारमा कसरी लागु हुन्छन् ? त्यो महत्वपूर्ण कुरा हो ।’

उहाँले जेनजी पुस्तालाई पार्टीमा समावेश गर्न काँग्रेसले खुकुलो नीति अंगाल्ने पनि बताउनु भयो ।




भर्खरै