९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै

आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै
अ अ+ अ-

पाल्पा। नेपालले अङ्ग्रेजलाई पराजय गरेको खुसीयालीमा आज पाल्पाको तानसेनमा ऐतिहासिक भगवती जात्रा (रथयात्रा) निकालिँदै छ ।

यहाँ हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको रथयात्रा निकालिने परम्परा रहिआएको रणउजेश्वरी भगवती गुठी सञ्चालक समितिका अध्यक्ष अशोक महर्जनले जानकारी दिनुभयो । सोहीअनुरुप आज २०७औँ भगवतीको रथ निकाल्न लागिएको हो ।

आज अपराह्न १२ः३० बजेको शुभसाइतमा ब्राह्मणबाट स्वस्ती वाचन गरी तानसेन नगरपालिका-३ को भगवती टोलमा रहेको भगवतीको मन्दिरबाट ऐतिहासिक भवगती जात्रा निकालिने सञ्चालक समितिका अध्यक्ष महर्जनले जानकारी दिनुभयो । विगतका वर्षजस्तो बाजागाजा, भीडभाड र उल्लासका बीच भने नहुने उहाँको भनाइ छ । देश भोटेकोशी बाढीको पीडामा रहेका बेला संयमित र औपचारिक रूपमा जात्रा निकाल्न लागिएको महर्जनले बताउनुभयो ।

देश शोकको अवस्थामा रहेकाले यस वर्ष जात्रामा अनावश्यक तामझाम नगर्ने निर्णय गरिएको अध्यक्ष महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि देश शोकमा छ । यही अवस्थालाई ध्यानमा राख्दै हामीले विजयोत्सवलाई औपचारिकतामा मात्र सीमित गर्ने निर्णय गरेका हौँ ।” उहाँका अनुसार विगतमा जस्तो पञ्चेबाजा, ढिमे बाजा हुँदैन । नेपाली सेनाको बाजा भने प्रयोग हुने अध्यक्ष महर्जनले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित उच्च पदस्थ व्यक्तिहरूको उपस्थितिमा रथ निकालिने छ । नेपाली सेनाले सलामी दिएर तीन पटक मन्दिर परिक्रमा गराएपछि भगवती रथ यात्रा अगाडि बढ्ने छ । यसलाई भगवतीजात्रा, रथ यात्राअर्थात् सिन्दूर जात्राकानामले पनि चिनिन्छ । भगवतीको मन्दिरबाट शुभसाइतमा निकालिएको भगवतीजात्रा (रथ यात्रा) लाई शीत्तलपाटीको मूलढोका बाहिर निकालेपछि सरकारको तर्फबाट प्रमुख जिल्ला अधिकारीबाट पूजा गरी बलिदिइने छ ।

पाल्पाली  प्रशासकका रूपमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले विसं १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढीलगायत क्षेत्रमा विजय हासिल गरेको सम्झनामा विसं १८७७ देखि निरन्तर रूपमा विजयोत्सव भगवती जात्रा मनाइँदै आइएको स्थानीय राजेन्द्रगोपाल सिंहले बताउनुभयो ।

“घरेलु हातहतियार, सैनिक अवस्था कमजोर भएको अवस्थामा बुटवल क्षेत्रलाई अङ्ग्रेजको हातमा पर्न नदिन कर्णेल थापाले बुटवल क्षेत्रको युद्धमा जानुअघि तानसेनको मध्यभागमा रहेको भगवती देवीको पाउ छोएर ‘युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दूर जात्रा गर्ने छु’ र ‘भगवतीको महिमा चारैतर्फ फैलाउने छु’ भनी भाकल गरेका थिए । दुईपटकसम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भएपछि कर्णेल थापाले गजुरसहितको तीनतले मन्दिर निर्माण गरी विसं १९७७ देखि प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको नवमीको दिन विजयोत्सवका रूपमा मनाउने घोषणा गर्नुभएको यहाँका ज्येष्ठ नागरिक बताउँछन्”, स्थानीय सिंहले भन्नुभयो ।

अङ्ग्रेजलाई युद्धमा हराएकाले विजयजात्राका रूपमा सञ्चालन हुँदै आएको मन्दिरको नामसमेत रणउजिरेश्वरीबाट चर्चित रहँदै आएको छ ।

तत्कालीन नेपाली सेनाको पाल्पा कमाण्डर कर्णेल उजिरसिंह थापाले युद्धमा जानुअघि युद्धमा जितेमा तीनतले मन्दिर बनाई भगवतीको सिन्दूर जात्रा गर्ने भाकल गरेका थिए ।

युद्धमा विजयी भएपछि कर्णेल थापाले विसं १८७७ देखि कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सव स्वरुप भगवती जात्रा मनाउन थालेका हुन् । जुन परम्परा आजसम्म चल्दै आएको स्थानीय सिंहले बताउनुभयो । रासस