१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र स्थिर



अ+ अ-

काठमाडाैँ । १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको छ ।

शुक्रबार बिहान नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र प्राविधिक विज्ञसहितको संयुक्त टोलीले साहलाई सुरुङबाट जीवितै उद्धार गरेको थियो । उद्धारलगत्तै उनलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुर्‍याइएको थियो । हाल उनी चिकित्सकको निगरानीमा छन् ।

साहको जीवितै उद्धार भएपछि परिवारजनमा खुसी छाएको उनका आफन्त देवकुमार साहले बताए । उनका अनुसार लामो समयसम्म सम्पर्कविहीन भएपछि परिवारले साह फर्किने आशासमेत विस्तारै गुमाउँदै गएको थियो ।

‘सञ्जय साह मेरो बहिनी ज्वाइँ हुनुहुन्छ, हामी सरप्राइज नै भयौँ । यतिधेरै दिन भइसकेको थियो, विस्तारै उहाँ फर्किने आशा मर्दै गएको थियो । अहिले चमत्कारजस्तै भयो । उहाँको परिवारमा पनि खुसीको सीमा छैन,’ देवकुमारले भने ।

उनका अनुसार साहलाई भेट्न परिवारका सदस्यहरू काठमाडौं आउँदै छन् ।

यसैबीच, सुरुङभित्र अझै अन्य व्यक्ति फसेको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नेपाली सेनासहितको प्राविधिक टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ ।

–न्युज एजेन्सी नेपाल