१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने



अ+ अ-

काठमाडौँ, १९ भदौः चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ ।

उद्धार तथा विपद् राहत प्रयासका लागि सो सहयोग गर्ने यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ । त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिमसम्बन्धी सूचनासमेत समेटिनेछन् ।

चीनको मौसमसम्बन्धी निकायले चीन र नेपालबीचको केरुङ–रसुवा सीमानाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्वचेतावनी तथा प्रभावसम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।

विपद्लगत्तै चिनियाँ प्रशासनले नेपालको मौसम विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्श गरेको र नेपालको उद्धार तथा राहत कार्यका लागि मौसमसम्बन्धी सहयोग सक्रिय रूपमा उपलब्ध गराउँदै आएको समेत जनाएको छ ।रासस

तस्बीरः नेपालस्थित चिनियाँ दूतावास