१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह



अ+ अ-

काठमाडाैँ । दार्चुलाकाे अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदी पहिरोका कारण आधा थुनिएको छ। माथिबाट पहिरो खस्ने क्रम जारी रहेकाले नदी पूर्णरूपमा थुनिन सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै पहिरोका कारण नदीको बहावमा थप अवरोध हुनसक्ने र त्यसबाट सम्भावित जोखिम निम्तिन सक्ने जनाएको हो। नदी पूर्णरूपमा थुनिएमा एक्कासि पानीको बहाव बढेर तटीय क्षेत्रमा बाढीको जोखिम हुनसक्ने भएकाले नागरिकलाई सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सम्भावित जोखिमबाट बच्न तथा धनजनको क्षति न्यूनीकरण गर्न नदी आसपासका नागरिक र सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ।

प्रशासनले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोग माग्न १२३४ (DEOC), नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको ९८५८७२७७७८, सहायक प्रमुख जिल्ला अधिकारीको ९८५८७२४६६६, जिल्ला प्रहरी कार्यालयका प्रमुखको ९८५१२९४९११ तथा सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गणका प्रमुखको ९८६०३४११७६ नम्बरमा समेत आवश्यक जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ।