९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका क्रन्दन

भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका क्रन्दन
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका तटीय क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ ।

बाढीले तटीय बस्ती, सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनामा ठूलो क्षति पुर्‍याएको छ । बाढीपछि कतिपय बस्तीमा घर तथा भौतिक संरचनाका भग्नावशेष, लेदो र ठूला ढुंगा मात्रै बाँकी रहेका छन् ।

ओली धर्मपत्नी राधिका शाक्यसहित बाढी प्रभावित क्षेत्रमा पुगेर क्षतिको अवस्थाबारे जानकारी लिनुभएको हो । उहाँले बाढीपीडित स्थानीयसँग भेट गरी उनीहरूको अवस्था, समस्या र तत्काल आवश्यक सहयोगबारे जानकारी लिनुभएको थियो ।

स्थलगत निरीक्षणका क्रममा बाढीपीडितहरूले घर, सम्पत्ति र जीविकोपार्जनका साधन गुमाएको भन्दै तत्काल राहत तथा दीर्घकालीन पुनर्वासको व्यवस्था गर्न माग गरेका थिए । उनीहरूले अस्थायी आवास, खाद्यान्न, लत्ताकपडा तथा स्वास्थ्य उपचारको व्यवस्था तत्काल गर्नुपर्ने बताएका थिए ।

निरीक्षणपछि सञ्चारकर्मी तथा स्थानीय अगुवासँग कुरा गर्दै अध्यक्ष ओलीले विपत्तिलाई सामान्य बाढीका रूपमा मात्र लिन नहुने बताउनुभयो । उहाँले जलवायु संकट र नदी अतिक्रमणका कारण यस्ता विपद्को जोखिम बढिरहेको उल्लेख गर्दै प्रभावित बस्तीलाई पुनः त्यही जोखिमपूर्ण स्थानमा बसाउन नहुने धारणा राख्नुभयो ।

ओलीले भूगर्भविद् तथा प्राविधिकको अध्ययनका आधारमा सुरक्षित स्थान पहिचान गरी एकीकृत बस्ती निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बाढीपीडितको आवाज संसद् र सरकारसमक्ष प्राथमिकताका साथ उठाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

बाढीपछि विस्थापित परिवारहरू अस्थायी आश्रयस्थलमा बसिरहेका छन् । वर्षायाम जारी रहँदा र चिसो मौसम नजिकिँदै गर्दा बालबालिका, वृद्धवृद्धा तथा अन्य प्रभावितको अवस्था थप कठिन बन्न सक्ने भएकाले तत्काल सुरक्षित आवास र दीर्घकालीन पुनर्वासको व्यवस्था गर्नुपर्ने माग बढेको छ ।

एमाले निकट स्वयंसेवकहरू समेत प्रभावित क्षेत्रमा परिचालित भएर भग्नावशेष हटाउने, अवरुद्ध सडक खुलाउने तथा राहत सामग्री वितरणमा सहयोग गरिरहेका छन् । अध्यक्ष ओलीको निरीक्षणले बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणको विषयलाई थप प्राथमिकतामा ल्याउने अपेक्षा गरिएको छ ।