१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार



अ+ अ-

काठमाडाैँ । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकाहरुका आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् ।

बाढीमा परी लामो समयदेखि सम्पर्कविहीन रहेका र शवसमेत फेला पर्न नसकेपछि आफन्तहरुले शुक्रबार पशुपति आर्यघाटमा कुशको शवको प्रतिमा बनाएर सामूहिक रुपमा अन्तिम संस्कार गरेका हुन् ।

बेपत्ता भएको लामो समय बितिसक्दा पनि कुनै जानकारी प्राप्त नभएपछि हिन्दू परम्पराअनुसार कुशको शव बनाएर दाहसंस्कार गरिएको आफन्तहरुले बताएका छन् । शव फेला नपरेका कारण अन्तिम संस्कार गर्न नसकिएको अवस्थामा कुशको शव बनाएर धार्मिक विधिअनुसार संस्कार गरिएको हो ।

पशुपति क्षेत्र विकास कोषले बाढीमा बेपत्ता भएकाहरुका आफन्तका लागि निःशुल्क दाहसंस्कारको व्यवस्था मिलाएको छ ।

रसुवा बाढीमा परी हालसम्म १ हजार २५९ जनाको शव फेला परेको जनाइएको छ । अझै ५ हजारभन्दा बढी नागरिक सम्पर्कविहीन रहेको बताइएको छ । फेला परेका शवमध्ये अहिलेसम्म ९३ जनाको मात्र सनाखत हुन सकेको छ ।

सरकारले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत बाढी प्रभावित जिल्लामा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । लामो समय बितिसक्दा पनि ठूलो संख्यामा नागरिक सम्पर्कविहीन रहेकाले आफन्तमा चिन्ता र पीडा थपिँदै गएको छ ।