२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान



अ+ अ-

थाइल्याण्ड। थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चर्नविराकुलले विश्वव्यापी लगानीकर्ताहरूलाई थाइल्याण्डलाई केवल उत्पादन स्थल वा विक्री बजारका रूपमा मात्र नहेरी एक ‘साझेदार’का रूपमा आत्मसात गर्न आग्रह गर्नुभएको छ ।

आगामी महिना आयोजना हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक समूहको वार्षिक बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।

बैंकक बिजनेस समिटमा बिहीवार मुख्य सम्बोधन गर्दै प्रधानमन्त्री चर्नविराकुलले थाइल्याण्डको औद्योगिक गहिराइ, क्षेत्रीय आवद्धता र विभिन्न क्षेत्रहरूलाई एकीकृत गर्ने क्षमता नै देशको मुख्य प्रतिष्पर्धात्मक लाभ भएको बताउनु भयो ।

उहाँले थाइल्याण्ड विश्वव्यापी प्रतिभाहरू फस्टाउन सक्ने उपयुक्त गन्तव्य भएको समेत उल्लेख गर्नुभयो ।

सम्मेलनमा सहभागी प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘थाइल्याण्डमा मात्र निर्माण नगर्नुहोस्, थाइल्याण्डसँगै मिलेर निर्माण गर्नुहोस् ।’

प्रधानमन्त्रीले वैदेशिक लगानीकर्ताहरूका लागि व्यावसायिक वातावरण सहज, पारदर्शी र अनुमानयोग्य बनाउनु सरकारको मुख्य जिम्मेवारी भएको बताउनुभयो। यसका लागि स्पष्ट कानूनी व्यवस्था, द्रुत निर्णय प्रक्रिया, भरपर्दो पूर्वाधार, स्वच्छ ऊर्जा र डिजिटल क्षमतामा पहुँच सुनिश्चित गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

सोही लक्ष्य प्राप्तिका लागि सरकारले हाल ७ हजार भन्दा बढी सहायक नियम तथा कानूनहरूको पुनरावलोकन गरिरहेको जानकारी उहाँले दिनुभयो ।

अनावश्यक बोझका रूपमा रहेका यस्ता नियमहरू हटाउँदा सर्वसाधारण र व्यवसायीहरूलाई कार्यसम्पादनमा सहजता मिल्ने सरकारको विश्वास छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल