२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम



अ+ अ-

टर्की। टर्कीको वार्षिक उपभोक्ता मुद्रास्फीति अगस्ट महिनामा सामान्य घटेर ३१.५१ प्रतिशत कायम भएको छ ।

अघिल्लो महिना (जुलाई) मा मुद्रास्फीति ३१.७५ प्रतिशत रहेको थियो । टर्कीको तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार अगस्टमा उपभोक्ता मूल्य अघिल्लो महिनाको तुलनामा १.८४ प्रतिशतले वृद्धि भएको छ । योसँगै टर्कीको मूल्यवृद्धि दरमा लगातार तेस्रो महिना गिरावट देखिएको छ ।

यसअघि, सन् २०२५ को अन्त्यमा ३०.८९ प्रतिशत रहेको वार्षिक मुद्रास्फीति गत मे महिनामा बढेर ३२.६ प्रतिशत पुगेको थियो । प्र

तिकूल मौसमका कारण खाद्यवस्तुको मूल्यमा भएको वृद्धि र भू–राजनीतिक तनावका कारण ऊर्जाको लागत बढेपछि मुद्रास्फीतिमा दबाब परेको थियो ।

टर्की विगत एक दशकदेखि उच्च मुद्रास्फीतिको समस्यासँग जुधिरहेको छ । यसैबीच, टर्कीको आर्थिक वृद्धि दरमा पनि सुस्तता आएको छ ।

अगस्ट ३१ मा सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२६ को दोस्रो त्रैमासिकमा टर्कीको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३ प्रतिशतले मात्र विस्तार भएको छ ।

यो दर पहिलो त्रैमासिकमा २.५ प्रतिशत रहेको थियो । यो सरकारले मध्यमकालीन कार्यक्रममार्फत तय गरेको ३.८ प्रतिशतको वार्षिक लक्ष्यभन्दा निकै कम हो ।

टर्की सरकारले हाल सन् २०२७–२०२९ का लागि नयाँ तीनवर्षे मध्यमकालीन आर्थिक कार्यक्रमलाई अन्तिम रूप दिइरहेको छ । सन् २०२७ को केन्द्रीय बजेटसँगै आगामी सेप्टेम्बरमा उक्त कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको छ । सिन्ह्वाको/न्युज एजेन्सी नेपाल