२९ कार्तिक २०८२, शनिबार
,
Latest
विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउनुपर्छः सहसंयोजक नेपाल प्रदेशमा शान्तिसुरक्षा सुदृढ गर्न सुरक्षा निकायलाई मुख्यमन्त्री यादवको निर्देशन मन्त्री घिसिङद्वारा बाग्मती ‘करिडोर’ क्षेत्रको ढल व्यवस्थापन र सडक स्तरोन्नतिबारे निरीक्षण प्रदेशका एक हजार गरिब तथा विपन्न परिवारका लागि घर निर्माण गर्नेछौँः मुख्यमन्त्री बानियाँ एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई पेट्रोल र डिजलको मूल्य बढ्यो मौलापुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नयाँ भवन प्रभु साहले गरे उद्घाटन इटहरीमा जग्गा तथा आवास विकास संघको प्रथम अधिवेशन: आधुनिक सहरीकरणतर्फ निर्णायक कदम सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता मानवकल्याण नै सबैभन्दा ठूलो धर्मः प्रदेश प्रमुख भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउने सरकारको निर्णय



अ+ अ-

काठमाडौँ: सरकारले ११ देशका नेपाली राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमै कामकाज गर्नेगरी फिर्ता बोलाउन पत्राचार गरेको छ ।

सरकारको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सरकारले सोमबार पत्र पठाउँदै उहाँहरूलाई फर्कन पत्राचार गरेको मन्त्रालयले जनाएको छ । सबै राजदूतहरूलाई मन्त्रालयमै बोलाउन आजै पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्ति लिएका ११ राजदूतहरूलाई यही कात्तिक २० गतेभित्र फिर्ता बोलाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय कानुनसम्मत नभएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । उक्त मुद्दाको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले आइतबार निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।रासस