२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्यातमा फड्को मार्दै नेपाल



अ+ अ-

काठमाडौं।  पछिल्लो समय निर्यातले फड्को मार्दै गएको छ । चालु आर्थिक वर्ष (आ.व.) २०८२–८३ को पहिलो त्रैमास (साउन–असोज) सम्म नेपालको निर्यात ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ८९.६४ प्रतिशतले बढी छ ।

भन्सार विभागको तथ्यांकअनुसार निर्यातमा सशर्ष स्थानमा सोयाविन तेल रहेको छ । असोजसम्म ३० अर्ब ६९ करोड रुपैयाँ बराबरको सोयाविन तेल निर्यात भएको छ । कार्पेट दोस्रो स्थानमा छ । जुन २ अर्ब ५७ करोड रुपैयाँ बराबरको भएको छ । तेस्रो स्थानमा सुर्यमूखी तेल रहेको छ । जुन २ अर्ब १३ करोड बराबरको भएको छ ।

निर्यात जन्यवस्तुहरु अलैंचीदेखि पश्मीना, गलौँचा, तयारी पोसाक, छुर्पीसम्मका वस्तुहरुको निर्यात बढेको छ । विभागकाअनुसार चालु आ.व. २०८२/८३ को असोज सम्म १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको एक हजार ७२ मेट्रिक टन अलैंची निर्यात भएको छ । यो निर्यात गत आवको सोहि अवधिको तुलनामा ३३ प्रतिशत धेरै हो । गत आ.व. २०८१–८२ को सोहि अबधिमा नेपालबाट १ अर्ब २६ करोड २१ लाख ७ सय ८३ मेट्रिक टन मात्रै अलैंची निर्यात भएको थियो ।  निर्यातमा उच्च वृद्धि हुँदा व्यापार घाटाको वृद्धिदर केही सम्हालिन पुगेको छ । यसरी निर्यात बढ्नु सकारात्मक रहेको र राज्यले निर्यात गरिरहेकाहरुलाई प्रोत्साहन गर्ने हो भने अझै बढ्न सक्ने उद्योगी, व्यवसायी बताउछन् ।

नेपाल तयारी पोशाक उद्योग संघ अध्यक्ष पशुपतिदेव पाण्डेले नेपाल सरकारले निर्यातमा दिएको सुविधा बढाउने र अमेरिकी सरकारले जारी गरेको भन्सार दर लागू हुने हो भने निर्यात बढाउन कठिन नरहेको बताउनु भयो । उहाँकाअनुसार अमेरिकाले थप १० प्रतिशत ट्यारिफ लगाएको छ । यो भनेको न्युनतम हो । त्यसभित्र पर्न सफल हुनु भनेको अन्त्यन्तै सह्रानीय र स्वागतयोग्य छ । अहिले लाग्दै आएको ट्यारिफमा १० प्रतिशत लगाइए पनि निकासी पहिलेभन्दा महँगो भएपनि अरू देशको तुलनामा यो धेरै कम हो । यो दर लागू हुने हो भने पनि नेपालले निर्यातमा फड्को मार्नसक्ने उहाँले बताउनुभयो ।

यारी पोशाक उद्योग संघ अध्यक्ष पाण्डेले भन्नुभयो–‘यसपालीको निर्यातको तथ्यांक हेर्ने हो भने १ः६ मा आइपुगेको छ । यसलाई अझै घटाएर हामीले व्यापारघाटा कम गर्न सकिन्छ । निर्यात गर्नेहरुलाई दिने सुविधामा राज्यले पनि हेरिदिने, अमेरिकाको ट्यारिफ साच्चिकै लागू हुने हो भने ३–५ वर्षमा व्यापारघाट शुन्यमा ल्याउन सक्नेछौं । तयारी पोशाक, गलौँचा, पश्मिना, छुर्पी, दुग्घजन्य वस्तु, हर्बल, हस्तकला, हातेकागजजस्ता समानहरुले व्यापारघाटा कम गराएर नेपालको विकासमा ठूलो टेवा पुर्याउछ ।’ 

उहाँकाअनुसार निर्यात बढ्दा ठूलो मात्रमा देशमा रोजगारी पनि सिर्जना हुन्छ । अर्थतन्त्र पनि सबल बनाउँछ । सबै उद्यमशीलतामा लाग्नेभएकाले यो क्षेत्रलाई राज्यले विशेष प्राथमिकतामा राख्नुपर्छ ।  अर्थविद् चन्द्रमणी अधिकारी स्वायविन र सूर्यमुखी तेलको निकासी दिगो नभएको बताउनु हुन्छ । उहाँकाअनुसार भारतको एउटा निर्णयले यसको निकासी ठप्प हुनसक्ने भएकोले अन्य वस्तुहरुको निकासी बढाउन नेपालले जोड दिनुपर्ने उहाँको भनाइ रहेको छ ।

‘निकासी बढ्नु राम्रो हो तर स्वायविन र सूर्यमुखी तेलको निकासी दिगो होइन,’ उहाँले भन्नुभयो, ‘अन्य वस्तुहरुको निकासी बढाउन जोड दिनुपर्छ ।,’ यद्यपी नेपालले पछिल्लो पटक निकासीमा पाएको सफलता सकारात्मक रहेको उहाँको बुझाइ छ । अधिकारीकाअनुसार निकासी गर्नेहरुलाई राज्यले प्राथमिकतामा राखेर सहयोग गर्नुपर्ने उहाँको बुझाइ रहेको छ ।