१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव–वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन हात्ती ‘सेन्चुरी’ कार्यक्रमः मन्त्री चौधरी



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव वन्यजन्तुबीचको सहअस्तित्व जोगाउनका लागि हात्ती सेन्चुरी कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभएको छ ।

आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले मानवको बाँच्ने अधिकार जस्तै वन्यजन्तुको पनि हुने बताउनुभयो । उहाँले भन्नुभयो, “जति मानवलाई बाँच्ने अधिकार छ, त्यति जीवजन्तुलाई पनि स्वतन्त्रता र बाँच्ने अधिकार छ । उनीहरुलाई सुरक्षित स्थानमा रही बाँच्न पाउने अधिकार रक्षाका लागि हात्ती सेन्चुरी मनाउन लागिएको छ ।”

हात्ती सेन्चुरीजस्तै टाइगर सेन्चुरी पनि मनाउने सोचमा सरकार रहेको बताउँदै मन्त्री चौधरीले यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि विभिन्न कार्यक्रम अघि बढाएको छ ।” मन्त्री चौधरीले अहिले सरकारले विगतका वर्षमा वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाएका तथा अङ्गभङ्ग भएकाहरुलाई राहत दिने काम गरिरहेको जानकारी दिनुभयो ।