२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ News Polar वीणा जोशीलाई मदन पुरस्कार, किरण खरेललाई जगदम्बा–श्री पुरस्कार News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु

साउन महिनाबाटै ठेक्का प्रक्रिया शुरु, विद्युत मिटरको अभाव क्रमिक रूपमा समाधान हुँदैछः मन्त्री श्रेष्ठ

साउन महिनाबाटै ठेक्का प्रक्रिया शुरु, विद्युत मिटरको अभाव क्रमिक रूपमा समाधान हुँदैछः मन्त्री श्रेष्ठ
अ अ+ अ-

काठमाडाैँ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको सुरुवाती चरणमै विभिन्न आयोजनाको ठेक्का प्रक्रिया अघि बढिसकेको बताउनुभएको छ।

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको शुक्रबार बसेको बैठकमा मन्त्री श्रेष्ठले विगतका वर्षहरूको तुलनामा यसपटक साउन महिनादेखि नै धेरै आयोजनाको ठेक्का प्रक्रिया सुरु भएको जानकारी दिनुभयो। चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सुरु भएको करिब २२ दिन मात्र भएकाले यसको प्रभाव देखिन अझै केही समय लाग्ने उहाँको भनाइ थियो।

देखिएका समस्याहरू समाधान गर्न सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले मन्त्रालय जनसरोकारका विषय सम्बोधन गर्न प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसँग निरन्तर छलफल तथा समन्वय भइरहेको जानकारी पनि दिनुभयो।

सिंचाइतर्फका अधिकांश आयोजना प्रदेश सरकारको अधिकार क्षेत्रमा परिसकेको उल्लेख गर्दै उहाँले संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार मन्त्रालयले प्रदेश सरकारसँग समन्वय गरी सशर्त अनुदान उपलब्ध गराउने प्रक्रिया अघि बढाएको बताउनुभयो। सम्बन्धित जिल्ला कार्यालयसँगको समन्वयबाट आयोजना कार्यान्वयन अझ प्रभावकारी हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

यसैगरी, मन्त्री श्रेष्ठले देशका विभिन्न स्थानमा देखिएको विद्युत् मिटरको अभाव क्रमिक रूपमा समाधान हुँदै गएको जानकारी दिनुभयो। विगतमा खरिद प्रक्रिया ढिलो हुँदा ट्रान्सफर्मरको केही अभाव देखिएको स्वीकार गर्दै उहाँले मिटर आपूर्तिको अवस्था भने उल्लेखनीय रूपमा सुधार भएको बताउनुभयो।

नेपाल विद्युत् प्राधिकरणले रणनीतिक योजनाअनुसार सबै प्रदेशमा आवश्यकताका आधारमा मिटर वितरण गरिरहेको उल्लेख गर्दै उहाँले पहिलो चरणमा सबै प्रदेशमा मिटर पठाइसकिएको र जडानमा हुने ढिलाइसम्बन्धी गुनासो पनि क्रमशः घट्दै गएको जानकारी दिनुभयो।

उहाँका अनुसार कर्णाली प्रदेशमा मागअनुसार मिटर उपलब्ध गराइसकिएको छ भने जनघनत्व बढी भएका पूर्वी क्षेत्रमा थप आपूर्तिको आवश्यकता रहेको छ। सरकारले माग र आवश्यकताका आधारमा बाँकी क्षेत्रमा पनि चाँडै मिटर उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्री श्रेष्ठले बताउनुभयो।