३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

एलपीजी ग्यास लुकाएर बिक्री गरे कडा कारबाही, उपभोक्तालाई नआत्तिन विभागको आग्रह

एलपीजी ग्यास लुकाएर बिक्री गरे कडा कारबाही, उपभोक्तालाई नआत्तिन विभागको आग्रह
अ+ अ-

काठमाडाैँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपीजी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाइछिपाइ बिक्री गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने ग्यास विक्रेता र डिपोमाथि प्रचलित कानूनअनुसार हदैसम्मको कारबाही गरिने चेतावनी दिएको छ।

विभागले शुक्रबार सूचना जारी गर्दै आम उपभोक्ताले खाना पकाउने एलपीजी ग्यास सहज रूपमा नपाएको, केही ग्यास विक्रेता तथा डिपोले आफ्ना निकट व्यक्ति, होटल तथा व्यवसायीलाई मात्रै प्राथमिकताका साथ ग्यास उपलब्ध गराएको तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरेको भन्ने गुनासो र उजुरी प्राप्त भएको जनाएको छ। यस्ता गतिविधिप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै सम्बन्धित निकायसँग समन्वय गरी निरन्तर अनुगमन भइरहेको पनि विभागले जनाएको छ।

विभागका अनुसार खाना पकाउने एलपीजी ग्यास अत्यावश्यक उपभोग्य वस्तु भएकाले उपभोक्ताले तोकिएको मूल्यमा सहज रूपमा प्राप्त गर्नु उपभोक्ताको अधिकार हो। ग्यास सिलिन्डर लुकाइछिपाइ बिक्री–वितरण गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने कार्य कानूनविपरीत भएकाले त्यस्तो कार्यमा संलग्न पाइए कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।

यस्ता गैरकानुनी गतिविधि देखिएमा वा उपभोक्ता स्वयं ठगिएको अनुभूति भएमा नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा विभागको टोल–फ्री नम्बर ११३७ मा जानकारी गराउन विभागले सबै उपभोक्तासँग अनुरोध गरेको छ।

विभागले हाल ७.१ केजीको सट्टा १४.२ केजी क्षमताको एलपीजी ग्यास सिलिन्डर वितरण गर्ने प्रक्रियाका कारण केही समय वितरणमा असहजता देखिएको स्वीकार गर्दै उक्त समस्या छिट्टै समाधान हुने जनाएको छ। विभागले आम उपभोक्तालाई अनावश्यक रूपमा नआत्तिन र संयमित रहन पनि आग्रह गरेको छ।