३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

बोर्डद्वारा चलचित्रकर्मीलाई परिचयपत्र वितरण

बोर्डद्वारा चलचित्रकर्मीलाई परिचयपत्र वितरण
अ+ अ-

काठमाडौँ। चलचित्र विकास बोर्डले २० वर्षभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहनुभएका १७८ जना चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ ।

चाबहिलस्थित बोर्डको सभाहलमा आज आयोजित एक विशेष समारोहमा बोर्डका अध्यक्ष दिनेश डिसी, सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव कोषहरी निरौला लगायतले उक्त परिचयपत्र प्रदान गर्नुभएको हो ।

अध्यक्ष डिसीले चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गर्नु केवल औपचारिकता नभई पेशागत पहिचान रहेको भएको बताउँदै अन्तरराष्ट्रियस्तरमा मान्यता दिलाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “चलचित्रकर्ममा जीवन समर्पित गर्नुभएका चलचित्रकर्मीलाई राज्यले दिएको यो एउटा पहिचान हो । यसको महत्त्व विस्तारै प्रस्टिनेछ । साथै, हामी स्वास्थ्य बिमाको सुविधा थपेका छौँ । आगामी दिनमा उक्त कार्डवापत प्राप्त हुने सुविधा क्रमशः थपिनेछन् ।”

परिचयपत्र प्राप्त गर्नेमा २० वर्षभन्दा बढी समय चलचित्र क्षेत्रमा योगदान दिएका कलाकार, निर्देशक, प्राविधिकहरू हुनहुन्छ । उहाँहरूलाई रु ७५ हजार बराबरको स्वास्थ्य बिमा सुविधासमेत सुरू गरिएको बोर्डले जनाएको छ । परिचयपत्र प्राप्त गर्ने मध्येका एक कलाकार गोपाल ढकाल ‘छन्दे’ ले राज्यले पहिचान दिएको आभाष भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई राज्यले चलचित्रकर्मी भनेर पहिचान स्थापित गरिदिएको छ । जीवन यसमा समर्पण गरेका हामीले राज्यले दिएको पहिचानले उत्साह थपेको छ । यसले कलाकारिता यात्रालाई अगाडि बढाउन प्रेरणा दिन्छ ।”

उक्त कार्यक्रममा कलाकार सुशान्तकुमार श्रेष्ठ, प्राविधिक अमित श्रेष्ठ, गीतकार दयाराम पाण्डे, सम्पादक निमेष श्रेष्ठ, निर्देशक वसन्त शर्मा अधिकारी, सम्झना उप्रेती रौनियार लगायत १७८ जनाले २० वर्ष र सोभन्दा बढी चलचित्रकर्म गरेवापत परिचय पत्र प्राप्त गर्नुभयो । रासस